स्वास्थ्य

कोरोना कहर : युके-भारतीय भेरियन्टको ‘हाइब्रिड’ भाइरस भियतनाममा भेटियो

कोरोना कहर : युके-भारतीय भेरियन्टको ‘हाइब्रिड’ भाइरस भियतनाममा भेटियो

अन्तरराष्ट्रिय, समाचार, स्वास्थ्य
भारत र बेलायतमा फेला परेका कोरोना भाइरसको मिश्रणयुक्त नयाँ भेरियन्ट भियतनाममा फेला परेको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन् ।भियतनामका स्वास्थ्यमन्त्री गुयन थान लङ्गले यो हाइब्रिड भेरियन्ट अत्यन्त खतरनाक रहेको बताएका छन् । उनले सरकारको एक बैठकमा यो नयाँ भेरियन्ट हावाबाट पनि तीव्र गतीमा फैलिने खालको रहेको बताएको बीबीसीले जनाएको छ ।सन् २०१९ को अन्तिममा चीनमा पहिलो पटक फेला परेको भनिएको कोरोना भाइरस हजारौंपटक उत्परिवर्तन भएको पाइएको छ । यसका बेलायत र भारतीय भेरियन्ट ज्यादा खतरनाक भएको वैज्ञानिकहरुले जनाएका छन् ।भियतनाममा फेला परेको नयाँ भेरियन्टले मानव स्वास्थ्यमा पुर्‍याउने असरबारे अध्ययन हुन भने बाँकी रहेको बीबीसीले जनाएको छ । भियतनामको नयाँ भेरियन्टको नाम भने राखिएको छैन । हालसम्म जुन देशमा फेला पर्यो त्यही देशको नामबाट भेरियन्टलाई चिनाउने गरिएको छ ।विश्व स्वास्थ्य संगठन (डब...
बूढानीलकण्ठ नगरपालिकाका पाँच जनामा कोरोना संक्रमण पुष्टि

बूढानीलकण्ठ नगरपालिकाका पाँच जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
बूढानीलकण्ठ नगरपालिकाका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आरटी पिसिआर गरि बिहिबार, शुक्रबार र शनिबार तीन दिनमा आएको  परिक्षणको  नतिजा अनुरुप बूढानीलकण्ठ नगरपालिका वडा नं ८ का तीन जना, वडा नं ३ र वडा नं ७ का एक एकमजना गरि ५ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमण पुष्टि भएका पाँचजना मध्ये बू.न.पाका वडा नं ८ का ३५ वर्षीय पुरुष, ३२ र ४१ वर्षीय महिला,  वडा नं ३ का २३ वर्षीय पुरुष तथा वडा नं ७ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ बूढानीलकण्ठ नगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख कुमार प्रसाद दाहालले जानकारी प्रदान गर्नुभएको छ। संक्रमण पुष्टि भएकाहरु सबै अन्य जिल्लाबाट उपत्यकामा केहि दिन अघि मात्रै प्रवेश गरेको जानकारी समेत दाहालले बताउनुभएको छ। बू.न.पा वडा नं ७, वडा २ र वडा ३ मा पुष्टि भएका संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ्गको कार्य आइतबारदेखि...