१७ बषीया किशोरी बलात्कारको आरोपमा बालगृहका अधिकृत पक्राउ
२९ असार, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका–३ मा सञ्चालित एक बालगृहमा आश्रय लिएकी १७ वर्षीया किशोरीमाथि पटक–पटक बलात्कार गरेको अभियोगमा बालगृहका प्रमुख अधिकृत पक्राउ परेका छन् ।
सांग्रीला डेभलपमेन्ट एसोसिएसनद्वारा सञ्चालित बालगृहका ४८ वर्षीय प्रमुख मधुसूदन राउतलाई प्रहरीले काठमाडौंको काँडाघारी क्षेत्रबाट शुक्रबार दिउँसो पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार राउतलाई शनिबार मकवानपुर ल्याइएको छ र आइतबार म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइनेछ ।
पीडित किशोरी चार वर्षदेखि सो बालगृहमा बस्दै आएकी थिइन् । उनका बाबुको केही वर्षअघि दुर्घटनामा मृत्यु भएको थियो भने आमा सम्पर्कविहीन छिन् । उनी मामाघरको हजुरआमासँग बस्दै आएकी थिइन् र कमजोर आर्थिक अवस्थाका कारण बाल संरक्षणको उद्देश्यले खोलिएको सो होस्टेलमा राखिएकी...














