Day: August 31, 2025

आज गौरापर्वको मुख्य दिन, अठ्यावाली मनाइँदै

आज गौरापर्वको मुख्य दिन, अठ्यावाली मनाइँदै

Breaking News 1, ताजा अपडेट, मनोरञ्जन, समाचार
१५ भदौ, हेटौँडा । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज गौरापर्वको मुख्य दिन अर्थात् दुर्वाष्टमी ९अठ्यावाली० धार्मिक उत्साहका साथ मनाइँदैछ । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली गौरा र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी गौरा भन्ने प्रचलन छ । गौरापर्वको अवसरमा हिजो बेलुका गौराघरमा भित्र्याइएको गौरालाई आज बिहानै बर्तालु महिलाले गौरामन्दिरको गौराखला (आँगन) मा पूजाआजाका लागि लगिएको हो । पण्डित जयानन्द भट्टका अनुसार, महिलाहरूले दिनभरि बिरुडा ९पाँच थरिका अन्न० चढाएर गौरा देवीको पूजा गर्दै अठ्यावाली गीत गाउँदै श्रद्धा प्रकट गर्ने परम्परा रहिआएको छ । हिजो गौरादेवीमा चढाइएको दुबधागो (मन्त्रिएको धागो) आज महिलाहरूले धारण गर्ने चलन छ । गौराघरबाट गौरालाई सिँगारेर गौराखलामा ल्याई सामूहिक पूजापाठ गर्ने परम्परा अझै जीवित छ । पूजापश्चात् मुख्य प्रसादका रूपमा रहेको बिरुडा आफ्ना श्रीमान्, छोराछोरी तथा आफन...