Day: September 2, 2025

बागमतीमा सत्तारूढ एमालेको असहमतिपछि फेरि रोकियो चिट्ठा विधेयक

बागमतीमा सत्तारूढ एमालेको असहमतिपछि फेरि रोकियो चिट्ठा विधेयक

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१७ भदौ, हेटौँडा । बागमती प्रदेश सभाबाट पारित गर्ने तयारीमा रहेको चिट्ठा विधेयक पुनः रोकिएको छ । सत्तारूढ दल एमालेको असहमतिपछि मंगलबार बसेको बैठकको कार्यसूचीबाटै उक्त विधेयक हटाइएको हो । यसअघि मंगलबार पारित गर्नेगरी प्रदेश सभामा समितिबाट प्राप्त प्रतिवेदनसहित छलफल विधेयकमाथी बैठकमा छलफल सुरु भएको थियो । तर अन्तिम समयमा आएर उक्त विधेयक प्रदेश सभा बैठकको कार्यसूचिबाटै हटाइएको हो । प्रदेश सभाले प्रदेशस्तरीय चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्ने तयारी गरेको थियो ।सत्तारूढ दलहरूबिच मै सहमति जुट्न नसक्दा विधेयकलाई कार्यसूचीबाट हटाउनुपरेको प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघि १५ भदौमा बसेको बैठकमा प्रदेश मामिला समितिले तयार पारेको प्रतिवेदन समितिका सभापति छिरिङ दोर्जे लामाले सभामा पेस गरेका थिए । यस्तै १६ भदौको बैठकबाट समितिले तयार पारेको प्र...