बागमती प्रदेश सभाका सभामुख पद रित्त, पाठकले दिए राजीनामा
१ असोज, हेटौँडा । बागमती प्रदेश सभामा सभामुख पद रिक्त भएको छ । सभामुख भुवनकुमार पाठकले औपचारिक रूपमा पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त भएको हो । २४ भदौमा जेन–जी पुस्ताको आन्दोलन चरमउत्कर्षमा पुगेको वेला उनले सामाजिक सञ्जाल मार्फत राजीनामाको घोषणा गरेका थिए ।
सञ्जाल फेसबुकमार्फत राजीनामा घोषणा गरेका पाठकले बुधबार भने उपसभामुख अप्सरा चापागाईँलाई ह्वाट्सएपमार्फत राजीनामापत्र पठाएका हुन् । उनले नेपालको संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम उपसभामुखसमक्ष राजीनामा बुझाएको बताएका छन् ।
तत्कालीन समयमा प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न असहज भएकाले औपचारिक पत्र पठाउन नसकेको स्पष्टीकरण दिँदै पाठकले बुधबार ह्वाट्सएपमार्फत राजीनामापत्र पठाएको बताएका हुन् । राजीनामा–पत्रमा पाठकले भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा भएको अस्वाभाविक बल प्रयोग र त्यसबाट भएको मानवीय क्षतिले आफूलाई अत्...














