बानियाँ नेतृत्व सरकारको सय दिनः कानून निर्माणदेखि पूर्वाधार विकासमा महत्वपूर्ण प्रगति गरेको दावी
९ मङ्सिर, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको नेतृत्वमा साउन २० गते गठन भएको सरकारले एक सय दिन पुरा गरेको छ । राजनीतिक संक्रमण, जेन–जी आन्दोलन, अविरल वर्षा तथा चाडपर्वकाबीच पनि सुशासन, पूर्वाधार निर्माण, शिक्षा–स्वास्थ्य, कृषि तथा सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै मंगलबार मुख्यमन्त्री बानियाँले सरकारको प्रगति विवरणसार्वजनिक गरेका छन् ।
मुख्यमन्त्री बानियाँले कानूनी तथा नीतिगत सुधारलाई प्राथमिकतामा राख्दै ३ वटा कानून संशोधन, प्रशासनिक संरचना पुनर्संरचना, दुर्गम तथा सीमान्तकृत समुदायका लागि गास–वास–कपास सुनिश्चितता तथा विपन्न विद्यार्थीका लागि उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम अघि बढाएको उल्लेख गरका छन् । उनले यातायात क्षेत्र सुधारका लागि उच्चस्तरीय समिति गठन गर्नुका साथै अवरुद्ध प्रादेशिक अर्थ–व्यवस्था विधेयक तथा खानेपानी विधेयक दर्ता प्रक्रियासमेत अघि...














