Day: November 28, 2025

हेटौंडामा ‘उचित–अनुचित स्पर्श तथा साइबर सुरक्षा’ अभिमुखीकरण सम्पन्न

हेटौंडामा ‘उचित–अनुचित स्पर्श तथा साइबर सुरक्षा’ अभिमुखीकरण सम्पन्न

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
१२ मङ्सिर, हेटौँडा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा ‘उचित तथा अनुचित स्पर्श एवम् साइबर सुरक्षा’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम हेटौंडा–१५, फायर लाइनस्थित श्री वनदेवी आधारभूत विद्यालयमा मङ्सिर १२ गते सम्पन्न भएको छ । अञ्चल साहित्य कला पुञ्ज मकवानपुरको आयोजना र वनदेवी आधारभूत विद्यालयको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम संस्थाकी अध्यक्ष भावना सापकोटाको अध्यक्षतामा र हेटौंडा उपमहानगरपालिका–१५ की वडा सदस्य मिनु विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भयो । अभिमुखीकरणमा सहजीकरण आशिष दुलालले प्रदान गरेका थिए। कार्यक्रममा वनदेवी आधारभूत विद्यालय तथा श्री आधारभूत विद्यालयका कक्षा ६ देखि ८ सम्मका करिब ७० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाकी कोषाध्यक्ष निर्मला व्लोनले सञ्चालन गरेकी थिइन् । उपाध्यक्ष निरा शर्माले स्वागत मन्तव्य राखेकी थिइन...