पार्टीको झण्डा जलाएको घटनाविरुद्ध मकवानपुरमा युवा संघको प्रदर्शन
८ फागुन, हेटौँडा । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताले नेपाल कम्युनिष्ट पार्टी एमालेको झण्डा जलाएको घटनाविरुद्ध मकवानपुरमा विरोध प्रदर्शन गरिएको छ।
राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको नेतृत्वमा हेटौँडामा निकालिएको जुलुसमा सहभागी युवाहरूले उक्त गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको बताएका छन्। प्रदर्शनकारीहरूले झण्डा जलाउने कार्य अस्वीकार्य भएको भन्दै दोषीमाथि तत्काल कारबाहीको माग गरेका छन् ।
राष्ट्रिय युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटीले झण्डा जलाउने कार्यले राजनीतिक संस्कार र सहिष्णुतामाथि प्रहार गरेको टिप्पणी गर्दै २४ घण्टाभित्र सम्बन्धित पक्षले स्पष्ट धारणा सार्वजनिक गरी कारबाही प्रक्रिया अघि नबढाए बृहत् आन्दोलनमा जाने चेतावनी दिए । उनले फागुन ११ गते बालेन शाह र रवि लामिछाने सहभागी हुने कार्यक्रममा संयमता अपनाउनसमेत आग्रह गरेका छन् ।
प्रदर्शन...














