Day: February 23, 2026

त्रिशुली किनारमा बस खस्दा १७ जनाको मृत्यु, २७ घाइते

त्रिशुली किनारमा बस खस्दा १७ जनाको मृत्यु, २७ घाइते

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, समाचार
११ फागुन, हेटौंडा । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस गएराति करिब साढे १ बजे दुर्घटनामा परेको हो। बस सडकबाट करिब तल त्रिशुली किनारमा खसेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काका अनुसार दुर्घटनामा परी १७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। बसमा चालकसहित ४४ जना सवार रहेका थिए। घाइतेहरूको घटनास्थलबाट तत्काल उद्धार गरी बेनीघाट आसपासका स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको र थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ। रातिको समय, मोड र सडक अवस्थाका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले मृतकको सनाखत प्रक्रिया अघि बढाएको तथा दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।...