Day: March 2, 2026

निर्वाचनले विकास र समृद्धिको यात्रालाई नयाँ उचाइमा पुर्‍याउँछः राष्ट्रपति पौडेल

निर्वाचनले विकास र समृद्धिको यात्रालाई नयाँ उचाइमा पुर्‍याउँछः राष्ट्रपति पौडेल

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
१८ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो बिहीवार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले देशको विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नयाँ ढङ्गले परिभाषित गर्दै नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै यसलाई शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरे । उनले निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवर्द्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता भएको बताए । सम्बोधनमा उनले संविधानको कार्यान्वयन, लोकतान्त्रिक संस्थाको सुदृढीकरण तथा सुशासनको प्रवर्द्धनका लागि जनताको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरे । ‘मतदाताको सचेत र विवेकपूर्ण निर्णयले देशको भावी दिशा तय गर्छ,’ उनले भने । राष्ट्रपति पौडेलले निर्वाचनलाई लोकतन्त्रको उत्...
राक्सिराङमा जसपा र एमालेका नेता–कार्यकर्ता कांग्रेस प्रवेश

राक्सिराङमा जसपा र एमालेका नेता–कार्यकर्ता कांग्रेस प्रवेश

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राक्सिराङ्ग, राजनीति, समाचार
क्षेत्र नम्बर २ मा कांग्रेसलाई बलियो बनाउने दाबी १८ फागुन, हेटौँडा – मकवानपुरको राक्सिराङ गाउँपालिका–५ मा विभिन्न राजनीतिक दल परित्याग गरी नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेस प्रवेश गरेका छन् । आज वडा नम्बर ५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका कांग्रेस मकवानपुरका सभापति तथा क्षेत्र नम्बर २ का उम्मेदवार बुद्ध लामाको उपस्थितिमा उनीहरू पार्टी प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गर्नेहरूमा जनता समाजवादी पार्टी ९जसपा०का पूर्व वडाध्यक्ष राजु प्रजा, पूर्व केन्द्रीय सदस्य राजेन्द्र प्रजा, पूर्व प्रदेश सदस्य सागर प्रजा तथा नेकपा एमालेका स्थानीय नेता होमराज प्रजा, मदनकुमार मोक्तान, निरोज मोक्तान र तिलक प्रजा रहेका छन् । नवप्रवेशीहरूलाई कांग्रेस सभापति लामा, पार्टी सचिव ईश्वर पाठक तथा नेता भरत पराजुली लगायतले खादा तथा माला लगाएर स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै सभापति लामाले र...