सुनापति गाउँपालिकामा वृद्धवृद्धालाई समाजिक सुरक्षा भत्ता पाउन निकै सास्ती (फोटोफिचर सहित)

रामेछाप ।  सुनापति गाउँपालिकाले छिटो र सहज बनाउन पहिलो पटक बैंकमार्फत् सामाजिक सुरक्षाको भत्ता रकम वितरण गर्दा वृद्धवृद्धालाई सास्ती खेप्नुपरेको छ। 

सुनापतिमा रहेको सिटिजन्स बैंकबाट समाजिक सुरक्षा भत्ता वितरणमा सहजता नभएका कारण सयौं वृद्धवृद्धा अपांगले भत्ता रकम पाउन सास्ती खेप्नुपरेको छ। भत्ता रकम पाउन बिहान ८ बजेदेखि लाइन बस्दा पनि  ११ बज्दा पनि पालो नआएको गुनासो गरिएको छ । 

राज्यले सम्मान गरेका व्यक्तिहरू बैंकमा रकम झिक्नसमेत वृद्धवृद्धाहरू लामो समय लाइनमा बस्न बाध्य बनेका छन्। न बस्नलाई कुर्सी छ, न समाउने ठाउँ छ, उभिएर २,३ घण्टा बस्नु पर्दा शारीरिकरूपमा कमजोर भएका वृद्धवृद्धा निकै कष्टका साथ भत्ता लिन लामो समय लाइनमा बस्दा रिङ्गटा लाग्ने गरेका छन्।

बैंकमार्फत् भत्ता रकम वितरण गर्दा गाउँपालिका भित्र बसोबास गर्ने सयौं वृद्धवृद्धा अपांगले यातायातको सुविधा नहुँदा बिहान ३, ४ बजेदेखि हिंडेर बैंकसम्म आउनु पर्छ कान सुन्दैन, छोराछोरीलाई दिँदैन, बर्षातको समय भएका कारण चिप्लिएर लडिएला भन्ने निक्कै डर हुन्छ ७८ वर्षका वृद्ध आईमान सिंह तामाङले सुनापति न्युज डटकमलाई बताउनुभयो अर्का ७९ वर्षका प्रताप सिंह तामाङले आउन जान निकै सास्ती भएको छ उकालो ओरालो गर्न गाह्रो हुन्छ हामीलाई वडामा भए राम्रो हुने दुःखेसो गरेका छन्।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...