३ वैशाख, हेटौँडा । आज दिउँसो सबैजसो पहाडी भूभागहरूमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका एक÷दुई स्थानमा पनि वर्षाको सम्भावना छ । साथै उच्च पहाडी भूभागहरूमा हल्का हिउँ पर्ने पनि सम्भावना छ ।
काठमाडौँमा पनि आज दिउँसो पानी पर्नेे सम्भावना रहेको मौसमविद् सन्जिव अधिकारीले जानकारी दिए । उनकाअनुसार भोलिदेखि अझै बढी पानी पर्ने सम्भावना छ ।
अरब सागर र बङ्गालको खाडीबाट जलवाष्पयुक्त वायु प्रवेश हुने सम्भावना रहेकाले भोली पहाडी भूभागहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
कोशी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । हिजोको तुलनामा आज केही कम पानी पर्ने मौसमविद अधिकारीले जानकारी दिए ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।