सैलुनलाई एसी र इन्भर्टर दिने तोकादेशपछि हेटौंडाकि मेयर लामाको आलोचना

४ चैत, हेटौंडा । हेटौंडा–४ शितलमहल चोक स्थित एक सैलुनलाई एयर कण्डिशनर (एसी) र इन्भरटर अनुदान दिने तोक आदेश्पछी हेटौंडा उपमहानगरपालिकाकि मेयर मिना लामा विवादमा परेकी छन् ।

यतिबेला उनले तोक लगाएको पत्र सामाजिक संजालमा भाइरल भएको छ भने उनको आलोचना पनि भइरहेको छ।

उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले केही समय अघि उद्घाटन गरेको ‘द नाइनटिन शैलुन’ शैलुनलाई एसी र इन्भरटर सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन् ।

सोही अनुसार सुसन घलान संचालक रहेको उक्त ‘द नाइनटिन शैलुन’ले उपमहानगरपालिकालाई बैशाख ३ मा लिखित निवेदन पेश गरेको थियो ।

शैलुकका संचालक घलानले निवेदनमा शैलुन उद्घाटन कार्यक्रममा मेयरले गरेको प्रतिबद्धता अनुसार एसी र इन्भर्टर सहयोग गर्न आग्रह गरेका छन् ।

 सो निवेदनमा संचालकले माग गरे अनुसारको सामग्री दिन मेयर लामाले तत्काल रातो कलमले आर्थिक प्रशासन शाखालाई तोक लगाएर आदेश दिएकी छन् भने मेयर लामाको तोकआदेश सहितको सो निवेदन आर्थिक प्रशासन महाशाखा प्रमख भीमप्रसाद तिमल्सिना समक्ष पेश गर्दै उपमहानगरपालिकाका मर्मत संभार इकाइमा कार्यरत मेकानिक्स (सहायक चौथो) पुरुषोतम कुमार अघिकारीलाई मुल्यांकन गर्न आदेश गरिएको छ ।

महाशाखा प्रमुख तिमल्सिनाले माग भएको सामग्रीको लागत अनुमान गरेर दिनु भनेर बैशाख ३ गते नै आदेश गरेका छन् । सो पछिका प्रक्रिया भने उपमहानगरपालिकाले अघि बढाउने गरी सहायक चौथो अधिकारीलाई पत्र पठाएको थियो ।

यसरी बाहिरियो पत्र, मेयर लामाको आलोचना  

सो अवस्थासम्मको प्रक्रिया पुरा गरेको पत्र एकाएक बैशाख ४ गते बिहिबार बिहानबाट सामाजिक सञ्जालमा बाहिरिन्छ । बिहानैबाट हेटौंडा उपमहानगरपालिका र मेयर लामाको आलोचना सहित सो पत्र सामाजिक संचालनमा भाइरल भएको छ ।

उपमहानगरपालिकाको कर्मचारी समक्ष पेश भएको पत्र बाहिर ल्याउने पात्र शैलुनका संचालक घलान स्वयम नै हुन् । उनले शैलुनको टिकटक आइडिबाट उक्त पत्र सार्वजनिक गर्छन् । मेयर लामाले केही समय अघि सोही शैलुनको उद्घाटन गर्दै, कपाल काट्ने, फेसियल गर्ने, नेल आर्ट गर्ने लगायतका सेवा समेत लिएकी थिइन् । सो समयमा मेयर लामाले केही भिडियो र केही फोटोहरु समेत खिचाएकी थिइन् ।

व्यवसायी त्यसमाथि पनि युवाहरुलाई प्रोत्साहन गर्न मेयर लामाको उद्धेश्य अनुसार बनाइएका भिडियो र फोटो सहित शैलुन संचालकले तोक आदेश भएको उक्त पत्र समेटेर टिकटक भिडियो बनाउँछन् । सोही भिडियोबाट स्कृन सर्ट गरेर निकालिएको पत्र अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

उक्त विषयमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले आफूले पत्र नहेरको र अनौपचारिक रुपमा केही जानकारी लिएको बताए । उनले नयाँ ढंगको व्यवस्थित रुपमा व्यवसाय संचालन गर्ने प्रयासमा रहेका युवाहरुलाई प्रोत्साहन गर्ने उपमहानगरपालिकाको कार्यक्रम अन्तर्गत सो विषय अघि बढाइएको उनले बताए । व्यवसाय प्रवद्र्धनको उद्धेश्य अनुसार अघि बढाएको सो पत्रको विषयमा आर्थिक प्रशासन महाशाखा प्रमुख तिमल्सिनासंग बुझ्न उनले आग्रह गरे ।

सो विषयमा जानकारी लिन आर्थिक प्रशासन महाशाखा प्रमुख तिमल्सिनालाई फोन सम्पर्क गर्दा उक्त विषयमा आफू नबोल्ने भन्दै पन्छिए । उपमहानपालिकामा प्रवक्ता र सूचना अधिकारीको व्यवस्था रहेकाले उतैबाट जानकारी लिनपर्ने उनले बताए । सूचना दिने विषयमा सबैले मिडियामा बोल्दै हिड्न उचित नहुने उनको भनाई छ । सो विषयमा बुझ्न उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियासंग सम्पर्क गर्दा उनको फोन उठेन ।

व्यवसायी प्रोत्साहनको नीति  अनुसार सहयोग गरिएको होः प्रवक्ता न्यौपाने

शैलुनलाई एसी र इन्भटर सहयोग गर्ने विषय व्यवसायी प्रवर्धनको नीति अनुरुप भएको हेटौंडा उपमहानगरपालिका प्रवक्ता सविन न्यौपानेले बताए । मेयरलाई उपमहानगरपालिकालाई व्यवसाय प्रवद्र्धनको लागि सहयोग गर्ने अधिकार रहेकाले सोही अनुसार प्रत्रmिया अघि बढाइएको उनले बताए ।

माग अनुसारको सामग्री दिएर व्यवसाय प्रवद्र्धनका लागि सहयोग दिने आर्थिक प्रशासन हुँदै लागत मुल्यांकनको प्रक्रियामा पठाइएको उनको भनाई छ । अधिकार क्षेत्र भित्रै रहेर मागमा आधारित सो सामग्री दिने तयारी भएको उनले बताए । विलासिता सामग्री माग भएकाले आलोचना भएको उनले बताए ।

उक्त विषय प्रक्रयामा रहेको बखत पत्र बाहिरिएपछि दिने नदिने टुंगिन बाँकी रहेको प्रवक्ता न्यौपानेले बताए । व्यवसाय प्रवद्र्धनको नीति, कार्यविधि के छ भन्ने प्रश्नमा प्रवक्ता न्यौपानेले भने, ‘मेयरलाई आर्थिक सहयोगको अधिकार २५ हजार रुपैयाँ रहेको र जिन्सी सहयोगको विषय आर्थिले खरिद आदेशले निर्धारण गरेर अनुसारको प्रक्रियाबाट निर्धारण हुनेछ ।’ उनले भने ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...