Day: April 17, 2025

हेटौँडा अस्पतालको बोर्ड केरमेट गरेका युवालाई नियन्त्रणमा लिएको भन्दै सपर्थकद्वारा प्रदर्शन

हेटौँडा अस्पतालको बोर्ड केरमेट गरेका युवालाई नियन्त्रणमा लिएको भन्दै सपर्थकद्वारा प्रदर्शन

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
४ चैत, हेटौँडा । ३१ चैतमा हेटौँडा अस्पतालको बोर्ड तोडमोड गरेको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ६ जना युवालाई विनाशर्त रिहा गर्नुपर्ने भन्दै समर्थकहरुले हेटौँडामा प्रदर्शन गरेका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यलय मकवानपुर अगाडी पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् । घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले हेटौँडाका सुनिल गिरी, सफल अधिकारी, विशाल राज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई नियन्त्रणमा लिएको छ । उनीहरु आफै बिहीबार बिहान जिल्ला प्रहरी कार्यलय मकवानपुर पुगेको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । ६ जना युवाहरुले ३१ चैतमा हेटाँडा अस्पताललाई प्रतिष्ठानमा गाभ्न नहुने माग गर्दै अस्पतालको बोर्डमा केरमेट गरेर मदन भण्डारी प्रतिष्ठानको नाम हटाएका थिए । यस्तै उनीहरुले अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम हटाएर नयाँ बोर्ड...
सैलुनलाई एसी र इन्भर्टर दिने तोकादेशपछि हेटौंडाकि मेयर लामाको आलोचना

सैलुनलाई एसी र इन्भर्टर दिने तोकादेशपछि हेटौंडाकि मेयर लामाको आलोचना

Breaking News 2, ताजा अपडेट, समाचार, हेटौँडा
४ चैत, हेटौंडा । हेटौंडा–४ शितलमहल चोक स्थित एक सैलुनलाई एयर कण्डिशनर (एसी) र इन्भरटर अनुदान दिने तोक आदेश्पछी हेटौंडा उपमहानगरपालिकाकि मेयर मिना लामा विवादमा परेकी छन् । यतिबेला उनले तोक लगाएको पत्र सामाजिक संजालमा भाइरल भएको छ भने उनको आलोचना पनि भइरहेको छ। उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले केही समय अघि उद्घाटन गरेको ‘द नाइनटिन शैलुन’ शैलुनलाई एसी र इन्भरटर सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन् । सोही अनुसार सुसन घलान संचालक रहेको उक्त ‘द नाइनटिन शैलुन’ले उपमहानगरपालिकालाई बैशाख ३ मा लिखित निवेदन पेश गरेको थियो । शैलुकका संचालक घलानले निवेदनमा शैलुन उद्घाटन कार्यक्रममा मेयरले गरेको प्रतिबद्धता अनुसार एसी र इन्भर्टर सहयोग गर्न आग्रह गरेका छन् ।  सो निवेदनमा संचालकले माग गरे अनुसारको सामग्री दिन मेयर लामाले तत्काल रातो कलमले आर्थिक प्रशासन शाखालाई तोक लगाएर आदेश दिएकी छन् भने मेय...