६ केजी अफिम र ३ ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ

७ वैशाख, हेटौँडा । मकवानपुर प्रहरीले करिब ६ केजी अवैध लागुऔषध अफिम र ३ ग्राम खैरो हेरोइनसहित हेटौँडाबाट दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले ५ किलो ९४० ग्राम अफिमसहित चितवन जिल्लाको राप्ती नगरपालिका– ११ का २५ वर्षीय बाबुराम तामाङलाई पक्राउ गरेको हो ।

तामाङलाई इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान करिब ७ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १९ नेवारपानीबाट नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २८८७ नम्बरको यात्रुवाहक बसमा सवार तामाङलाई उक्त परिणामको लागूऔषध अफिमसहित नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार तामाङले बोकेको झोलाभित्र लुकाएर राखेको अवस्थामा तीनवटा प्याकेटमा पाँच किलो ९४० ग्राम अफिम फेला परेको हो ।

यस्तै प्रहरीले अवैध लागूऔषध खैरोहिरोइन लिएर हेटौंडातर्फ आउँदै गरेका हेटौँडा ४ हुप्रचौरका विशाल सार्कीलाई पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेको टोलीले उनलाई ३ ग्राम खैरोहिरोइन सहित पक्राउ गरेको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटांँडा १५ पिपलबोट नजिकै हेटौंडातर्फ आउँदै गरेको ना ६३ प ४८७ नम्बरको मोटरसाइकल जाँचका सार्कीले मोटरसाइकलको अगाडीको चक्कामा कभर राखेर प्लाष्टिकमा लुकाएर ल्याउँदै गरेको अवस्थामा ३ ग्राम खैरो हिरोइन फेला पारेका हो ।

अफिम र हेरोइनसहित पक्राउ परेका तामाङ र सार्कीलाई जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता अर्यालको भनाई छ ।

 

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...