Day: २०८२, ८ बैशाख सोमबार १७:४४

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

Breaking News 1, ताजा अपडेट, शिक्षा, समाचार
८ वैशाख, हेटौँडा । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जनाएको भन्दै अनलाइन खबरले समाचार लेखेको छ । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनका राजीनामा आएको हो । आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुन सम्भावना छ । शिक्षक महासंघसँग बारम्बार संवाद भइरहे पनि निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।...
पाथीभरा जाँदै गरेको बोलेरोमा करेन्ट लाग्दा ४ जनाको मृत्यु

पाथीभरा जाँदै गरेको बोलेरोमा करेन्ट लाग्दा ४ जनाको मृत्यु

Breaking News 1, ताजा अपडेट, समाचार
८ वैशाख, हेटौँडा । ताप्लेजुङको पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका- १० स्थित सडक खण्डमा बिजुलीको तार झरेर मे १ ज ३०११ गाडीमा आगो लागेको थियो । घटनामा दुई जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा चालक ताप्लेजुङको फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराई, यात्रुहरू ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल र उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल रहेका छन् । यस्तै दुर्घटनामा परी ललितपुर महानगरपालिका १० की ४५ वर्षीया सबिना आचार्य गम्भीर घाइते भएकी छन् भने उनका छोरा १० वर्षीय भबिमय आचार्य पनि घाइते छन् । उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । सोमबार बिहानै यात्रु लिएर पाथीभरातर्फ जाँदै गरेको मे १ ज ३०११ नम्वरको जीप पाथीभरा क्ष...
६ केजी अफिम र ३ ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ

६ केजी अफिम र ३ ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ

Breaking News 2, स्थानीय
७ वैशाख, हेटौँडा । मकवानपुर प्रहरीले करिब ६ केजी अवैध लागुऔषध अफिम र ३ ग्राम खैरो हेरोइनसहित हेटौँडाबाट दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले ५ किलो ९४० ग्राम अफिमसहित चितवन जिल्लाको राप्ती नगरपालिका– ११ का २५ वर्षीय बाबुराम तामाङलाई पक्राउ गरेको हो । तामाङलाई इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान करिब ७ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १९ नेवारपानीबाट नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ । चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २८८७ नम्बरको यात्रुवाहक बसमा सवार तामाङलाई उक्त परिणामको लागूऔषध अफिमसहित नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार तामाङले बोकेको झोलाभित्र लुकाएर राखेको अवस्थामा तीनवटा प्याकेटमा पाँच किलो ९४० ग्राम अफिम फेला परे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज