तीन जिल्लाको समन्वयात्मक सुरक्षा बैठक नुवाकोटमा सम्पन्न

१२ वैशाख, हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार आफ्नो अधिकार क्षेत्रभित्र रहेर सुरक्षा निकायलाई थप सबल बनाउन तयार रहेको बताएका छन् ।

नुवाकोटको विदुरमा रसुवा, धादिङ र नुवाकोट जिल्लाको समन्वयात्मक सुरक्षा समितिको बैठकमा बोल्दै मन्त्री लामिछानेले आगामी आर्थिक वर्षमा प्रदेश सरकारले सुरक्षा पूर्वाधार तथा सम्बन्धित विषयहरूमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। उनले जनताको अपेक्षा र असन्तुष्टि बुझ्दै निष्पक्ष र प्रभावमुक्त ढंगले सेवा प्रवाहमा ध्यान दिन सुरक्षा निकायलाई निर्देशन पनि दिए ।

मन्त्री लामिछानेले नुवाकोटमा रहेको खुला कारागारको अवलोकन गर्दै प्रदेश सरकारबाट सञ्चालित लघु उद्यम कार्यक्रम, कैदीबन्दीहरूको अवस्था तथा कारागारको भौतिक संरचना सम्बन्धमा जानकारी लिएका थिए ।

बैठकमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकायका जिल्ला प्रमुखहरू, मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू तथा स्थानीय सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता थियो । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल, धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले आ–आफ्नो जिल्लाको समसामयिक सुरक्षा अवस्था, प्रमुख चुनौतीहरू र प्रदेश सरकारसँगको अपेक्षाबारेमा धारणा राखेका थिए ।

मन्त्रालयका सचिव कृष्णबहादुर शाहीको अध्यक्षतामा भएको बैठकमा प्रदेशमा विपत् व्यवस्थापन, विपत् जोखिम न्यूनीकरण, लागुऔषधको विस्तार, सडक दुर्घटनाको अवस्था, उदीयमान आपराधिक क्रियाकलाप, आत्महत्या तथा लैंगिक हिंसाका घटनाहरू, विकास निर्माणमा देखिने विवाद, सुरक्षा निकायका भौतिक पूर्वाधार अभाव र गौरवका योजनाहरूमा देखिएको असमझदारीबारे छलफल भएको थियो ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले हेटौंडामा पहिलोपटक ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट...
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१ जेठ, हेटौँडा । नेपाल आयल निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नया...
बकैया  ७ मा हर्दा खहरे सिँचाई आयोजनाको उद्घाटन

बकैया ७ मा हर्दा खहरे सिँचाई आयोजनाको उद्घाटन

३१ बैशाख, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ मा हर्दा खहरे बोरिङ सिँचाई आयोजनाको उद्घाटन गरिएको छ । सिँचाइ सुविधा प...
महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

१ जेठ, हेटौंडा  । स्थानीय तहको बजेट खर्चमा वित्तीय अनुशासन कमजोर हुँदै गएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ। बुधबार ...
बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभाको निश्कर्ष

बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभाको निश्कर्ष

३० बैशाख, हेटौँडा । गत १९ गते हेटौँडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा बोरिङको कारण जमिन भासिएर बोलेरो गाडी धसिएको पाइएको छ । घट...
चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

३० बैशाख, हेटौँडा । नवलपुर जिल्लाको चोरमारा स्थित गिरुवारी खोलामा रहेको पुल भाँचिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भए...
चपसंघ मकवानपुरले वाग्ले, फागो र अधिकारीलाई पुरस्कृत गर्दै

चपसंघ मकवानपुरले वाग्ले, फागो र अधिकारीलाई पुरस्कृत गर्दै

३० बैशाख, हेटौँडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले ७ जेठमा चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचत्रि पत्रकार अनन्त वाग्ल...
विकासमा नमुना वडा बनाउँदैछौँः वडा अध्यक्ष सिग्देल

विकासमा नमुना वडा बनाउँदैछौँः वडा अध्यक्ष सिग्देल

२९ बैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका ४ वडा नम्बर वडा अध्यक्ष नवीन सिग्देलले वडालाई विकासमा नमुना र अग्रिणी वडा बनाउँन आफू ला...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज