तीन जिल्लाको समन्वयात्मक सुरक्षा बैठक नुवाकोटमा सम्पन्न

१२ वैशाख, हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार आफ्नो अधिकार क्षेत्रभित्र रहेर सुरक्षा निकायलाई थप सबल बनाउन तयार रहेको बताएका छन् ।

नुवाकोटको विदुरमा रसुवा, धादिङ र नुवाकोट जिल्लाको समन्वयात्मक सुरक्षा समितिको बैठकमा बोल्दै मन्त्री लामिछानेले आगामी आर्थिक वर्षमा प्रदेश सरकारले सुरक्षा पूर्वाधार तथा सम्बन्धित विषयहरूमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। उनले जनताको अपेक्षा र असन्तुष्टि बुझ्दै निष्पक्ष र प्रभावमुक्त ढंगले सेवा प्रवाहमा ध्यान दिन सुरक्षा निकायलाई निर्देशन पनि दिए ।

मन्त्री लामिछानेले नुवाकोटमा रहेको खुला कारागारको अवलोकन गर्दै प्रदेश सरकारबाट सञ्चालित लघु उद्यम कार्यक्रम, कैदीबन्दीहरूको अवस्था तथा कारागारको भौतिक संरचना सम्बन्धमा जानकारी लिएका थिए ।

बैठकमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकायका जिल्ला प्रमुखहरू, मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू तथा स्थानीय सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता थियो । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल, धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले आ–आफ्नो जिल्लाको समसामयिक सुरक्षा अवस्था, प्रमुख चुनौतीहरू र प्रदेश सरकारसँगको अपेक्षाबारेमा धारणा राखेका थिए ।

मन्त्रालयका सचिव कृष्णबहादुर शाहीको अध्यक्षतामा भएको बैठकमा प्रदेशमा विपत् व्यवस्थापन, विपत् जोखिम न्यूनीकरण, लागुऔषधको विस्तार, सडक दुर्घटनाको अवस्था, उदीयमान आपराधिक क्रियाकलाप, आत्महत्या तथा लैंगिक हिंसाका घटनाहरू, विकास निर्माणमा देखिने विवाद, सुरक्षा निकायका भौतिक पूर्वाधार अभाव र गौरवका योजनाहरूमा देखिएको असमझदारीबारे छलफल भएको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...