
तीन जिल्लाको समन्वयात्मक सुरक्षा बैठक नुवाकोटमा सम्पन्न
१२ वैशाख, हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार आफ्नो अधिकार क्षेत्रभित्र रहेर सुरक्षा निकायलाई थप सबल बनाउन तयार रहेको बताएका छन् ।
नुवाकोटको विदुरमा रसुवा, धादिङ र नुवाकोट जिल्लाको समन्वयात्मक सुरक्षा समितिको बैठकमा बोल्दै मन्त्री लामिछानेले आगामी आर्थिक वर्षमा प्रदेश सरकारले सुरक्षा पूर्वाधार तथा सम्बन्धित विषयहरूमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। उनले जनताको अपेक्षा र असन्तुष्टि बुझ्दै निष्पक्ष र प्रभावमुक्त ढंगले सेवा प्रवाहमा ध्यान दिन सुरक्षा निकायलाई निर्देशन पनि दिए ।
मन्त्री लामिछानेले नुवाकोटमा रहेको खुला कारागारको अवलोकन गर्दै प्रदेश सरकारबाट सञ्चालित लघु उद्यम कार्यक्रम, कैदीबन्दीहरूको अवस्था तथा कारागारको भौतिक संरचना सम्बन्धमा जानकारी लिएका थिए ।
बैठकमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निक...