मुख्यमन्त्री लामा: युवाका मुद्धा समेट्न नसक्ने नेतृत्वले मुलुकमा समृद्धि दिन सक्दैन

२८ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले युवाको मुद्धा सम्बोधन गर्न असफल नेतृत्वले देशमा विकास र समृद्धि दिन नसक्ने बताएका छन्। हेटौंडामा आइतबारदेखि सुरु भएको ‘प्रदेश युवा सम्मेलन २०८२’ को उद्घाटन गर्दै मुख्यमन्त्री लामाले देश निर्माण र संघीय संरचना संस्थागत गर्न युवाको भूमिका अपरिहार्य रहेको स्पष्ट पारे।

मुख्यमन्त्री लामाले नीति निर्माण र नेतृत्व तहमा युवाको सशक्त उपस्थिति आवश्यक रहेको बताउँदै भने, “जबसम्म युवा नीति निर्माणमा सहभागी हुँदैनन्, तबसम्म देशको विकासले सहि गति लिन सक्दैन।” उनले युवालाई शासन प्रणालीमा अनिवार्य रूपमा प्रतिनिधित्व गराउनु पर्नेमा जोड दिए।

प्रदेश सरकारले आगामी वर्षको बजेटमा युवाको सहभागिता, सशक्तिकरण र साझेदारीलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै उनले रोजगारी, कृषि, सूचना प्रविधि र उद्यमशीलता लगायतका क्षेत्रमा युवालाई जोड्ने विभिन्न कार्यक्रमहरू अघि सारिएको जानकारी दिए।

रोजगारीको खोजीमा विदेशिने युवाको संख्या बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, “पढाइको नाममा विदेश जाने मुख्य कारण शिक्षा पश्चातको रोजगारीको ग्यारेन्टी हो।” प्रदेश सरकारले सूचना प्रविधि क्षेत्रमा युवालाई संलग्न गराउने रणनीति अघि बढाएको उनले बताए।

कार्यक्रममा पूर्व मुख्यमन्त्री डोरमणि पोडेलले युवाको परिभाषा उमेर नभई सक्रियता र चेतनशीलता भएको बताए। उनले युवामा रचनात्मक सोच र सकारात्मक दृष्टिकोण विकास गर्नुपर्नेमा जोड दिए।

त्यसैगरी, प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले युवालाई लक्षित गर्दै सीप विकास, खेलकुद र स्वरोजगार कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बताए। उनले दुर्व्यसनका कारण युवाको अवस्था कमजोर बन्दै गएकाले समाधानका लागि योजनावद्ध पहल आवश्यक रहेको बताए।

सम्मेलनमा युवाका विविध पक्षमा छलफल गरी नीति निर्माणमा प्रभावकारी हस्तक्षेपका लागि सुझाव संकलन गरिने परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए । आजबाट सुरु भएको सम्मेलन ३० गते मंगलबार सम्पन्न हुनेछ । सम्मेलनमा सातै प्रदेशका तीनसय बढी युवाहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले हेटौंडामा पहिलोपटक ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट...
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१ जेठ, हेटौँडा । नेपाल आयल निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नया...
बकैया  ७ मा हर्दा खहरे सिँचाई आयोजनाको उद्घाटन

बकैया ७ मा हर्दा खहरे सिँचाई आयोजनाको उद्घाटन

३१ बैशाख, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ मा हर्दा खहरे बोरिङ सिँचाई आयोजनाको उद्घाटन गरिएको छ । सिँचाइ सुविधा प...
महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

१ जेठ, हेटौंडा  । स्थानीय तहको बजेट खर्चमा वित्तीय अनुशासन कमजोर हुँदै गएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ। बुधबार ...
बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभाको निश्कर्ष

बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभाको निश्कर्ष

३० बैशाख, हेटौँडा । गत १९ गते हेटौँडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा बोरिङको कारण जमिन भासिएर बोलेरो गाडी धसिएको पाइएको छ । घट...
चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

३० बैशाख, हेटौँडा । नवलपुर जिल्लाको चोरमारा स्थित गिरुवारी खोलामा रहेको पुल भाँचिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भए...
चपसंघ मकवानपुरले वाग्ले, फागो र अधिकारीलाई पुरस्कृत गर्दै

चपसंघ मकवानपुरले वाग्ले, फागो र अधिकारीलाई पुरस्कृत गर्दै

३० बैशाख, हेटौँडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले ७ जेठमा चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचत्रि पत्रकार अनन्त वाग्ल...
विकासमा नमुना वडा बनाउँदैछौँः वडा अध्यक्ष सिग्देल

विकासमा नमुना वडा बनाउँदैछौँः वडा अध्यक्ष सिग्देल

२९ बैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका ४ वडा नम्बर वडा अध्यक्ष नवीन सिग्देलले वडालाई विकासमा नमुना र अग्रिणी वडा बनाउँन आफू ला...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज