मुख्यमन्त्री लामा: युवाका मुद्धा समेट्न नसक्ने नेतृत्वले मुलुकमा समृद्धि दिन सक्दैन

२८ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले युवाको मुद्धा सम्बोधन गर्न असफल नेतृत्वले देशमा विकास र समृद्धि दिन नसक्ने बताएका छन्। हेटौंडामा आइतबारदेखि सुरु भएको ‘प्रदेश युवा सम्मेलन २०८२’ को उद्घाटन गर्दै मुख्यमन्त्री लामाले देश निर्माण र संघीय संरचना संस्थागत गर्न युवाको भूमिका अपरिहार्य रहेको स्पष्ट पारे।

मुख्यमन्त्री लामाले नीति निर्माण र नेतृत्व तहमा युवाको सशक्त उपस्थिति आवश्यक रहेको बताउँदै भने, “जबसम्म युवा नीति निर्माणमा सहभागी हुँदैनन्, तबसम्म देशको विकासले सहि गति लिन सक्दैन।” उनले युवालाई शासन प्रणालीमा अनिवार्य रूपमा प्रतिनिधित्व गराउनु पर्नेमा जोड दिए।

प्रदेश सरकारले आगामी वर्षको बजेटमा युवाको सहभागिता, सशक्तिकरण र साझेदारीलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै उनले रोजगारी, कृषि, सूचना प्रविधि र उद्यमशीलता लगायतका क्षेत्रमा युवालाई जोड्ने विभिन्न कार्यक्रमहरू अघि सारिएको जानकारी दिए।

रोजगारीको खोजीमा विदेशिने युवाको संख्या बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, “पढाइको नाममा विदेश जाने मुख्य कारण शिक्षा पश्चातको रोजगारीको ग्यारेन्टी हो।” प्रदेश सरकारले सूचना प्रविधि क्षेत्रमा युवालाई संलग्न गराउने रणनीति अघि बढाएको उनले बताए।

कार्यक्रममा पूर्व मुख्यमन्त्री डोरमणि पोडेलले युवाको परिभाषा उमेर नभई सक्रियता र चेतनशीलता भएको बताए। उनले युवामा रचनात्मक सोच र सकारात्मक दृष्टिकोण विकास गर्नुपर्नेमा जोड दिए।

त्यसैगरी, प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले युवालाई लक्षित गर्दै सीप विकास, खेलकुद र स्वरोजगार कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बताए। उनले दुर्व्यसनका कारण युवाको अवस्था कमजोर बन्दै गएकाले समाधानका लागि योजनावद्ध पहल आवश्यक रहेको बताए।

सम्मेलनमा युवाका विविध पक्षमा छलफल गरी नीति निर्माणमा प्रभावकारी हस्तक्षेपका लागि सुझाव संकलन गरिने परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए । आजबाट सुरु भएको सम्मेलन ३० गते मंगलबार सम्पन्न हुनेछ । सम्मेलनमा सातै प्रदेशका तीनसय बढी युवाहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...