आठ सयले गरे रोजगार प्रवर्धन मेलाको अवलोकन

१८ असार, हेटौँडा । रोजगारीको अवसर नपाएको भन्दै बैदेशीक यात्रामा लाग्ने युवाहरुलाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको रोजगार प्रवर्धन मेला– २०८२ को ८ सय जनाले अवलोकन गरेका छन् । साना सिपहरु सिकेर पनि यही दैनिकीकलाई सहज बनाउँन सकिन्छ भन्ने जानकारी दिने उद्देश्य सहित उपमहानगरले उद्योग संघ मकवानपुरसँगको सहकार्यमा बुधबार आयोजना गरेको प्रवर्धन मेलाको ८ सय जना युवाहरुले अवलोकन गरेका हुन् ।

मेलाको बिद्यालय, कलेजका बिद्यार्थी, उद्योगी व्यवसायी तथा रोजगारीको अवसर खोजी युवाहरुले अवलोकन गरेका थिए । मेलामा रोजगारीको खोजीका लागि आएका युवाहरुलाई व्यवसायीक क्षेत्रमा लामो समय देखी रहेका अनुभवी व्यवसायी तथा उद्योगिहरुले आवश्यक सहजीकरण गरेका थिए । कुल ५१ वटा स्टल रहेको मेलामा हेटौंडा औद्योगिक क्षेत्र भित्र रहेका ३० भन्दा बढि र उपमहानगरपालिकाले बिभिन्न समयमा तालिम दिएका साना घरेलु उद्योगका २० स्टल रहेको थियो ।

मेलामा उपमहानगरले तालिम दिएर उत्पादनमा रहेका हस्ताकलाका सामग्री, ढाकाका कपडा, गुन्द्रुक, बेसार, आलु चिप्स, दालमोठ, ह्याण्ड व्याग, कृषि उत्पादन मोही सहितको स्टल रहेको थियो । औद्योगिक क्षेत्र उत्पादन भएका प्लाष्टिकका भाडा, सरफ, साबुन, खाद्य पदार्थको भाडा, बिष्कुट, पोल्ट्री पलेट, माटोका टाइल सहितका सामग्री राखिएका थिए ।

उद्योगको उत्पादनको उत्पादनको अवलोकन गर्दै रोजगारीको खोजी गर्ने व्यक्तीहरु सँग निजीक्षेत्र र सरोकारवाला बिच रोजगारमा पहँुच अभिबृद्धी सम्बन्धी परामर्श दिइएको उपमहानगरका आर्थिक बिकास महाशाखा प्रमुख जगन्नाथ सापकोटाले जानकारी दिए । मेलामा रोजगारीलाई अवसर प्रदान गर्ने रोजगारदाताहरु रहेका थिए । रोजगारीको अवसर श्रृजना गर्ने उद्देश्य सहित आयोजना गरिएको एकदिने मेलामा उपमहानगरबाट सिप एवम् तालिम प्राप्त गरी स्थानिय स्तरमा स्वरोजगार भएका महिला उद्यमीहरुले अवलोकन कर्ताहरुलाई स्वरोजगार बन्नका लागि आवश्यक राय परामर्श दिएका थिए ।

मेलामा रोजगारीको अवसर खोज्दै आउँनेहरुका लागि उपमहानगरले ‘क्यूआर’ कोर्ड मार्फत अनलाईन फारम भरी सुचिकृत हुने अवसर प्रदान गरेको थियो । सुचिकृत भएकालाई दक्ष अर्धदक्षताका आधारमा रोजगारीका लागि समन्वय गर्ने छ । उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रि नाथ शर्माको अध्यक्षतामा भएको मेलाको बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयका मन्त्री प्रेमभक्त महर्जन र समापन हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले गरेका थिए ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज