आठ सयले गरे रोजगार प्रवर्धन मेलाको अवलोकन

१८ असार, हेटौँडा । रोजगारीको अवसर नपाएको भन्दै बैदेशीक यात्रामा लाग्ने युवाहरुलाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको रोजगार प्रवर्धन मेला– २०८२ को ८ सय जनाले अवलोकन गरेका छन् । साना सिपहरु सिकेर पनि यही दैनिकीकलाई सहज बनाउँन सकिन्छ भन्ने जानकारी दिने उद्देश्य सहित उपमहानगरले उद्योग संघ मकवानपुरसँगको सहकार्यमा बुधबार आयोजना गरेको प्रवर्धन मेलाको ८ सय जना युवाहरुले अवलोकन गरेका हुन् ।

मेलाको बिद्यालय, कलेजका बिद्यार्थी, उद्योगी व्यवसायी तथा रोजगारीको अवसर खोजी युवाहरुले अवलोकन गरेका थिए । मेलामा रोजगारीको खोजीका लागि आएका युवाहरुलाई व्यवसायीक क्षेत्रमा लामो समय देखी रहेका अनुभवी व्यवसायी तथा उद्योगिहरुले आवश्यक सहजीकरण गरेका थिए । कुल ५१ वटा स्टल रहेको मेलामा हेटौंडा औद्योगिक क्षेत्र भित्र रहेका ३० भन्दा बढि र उपमहानगरपालिकाले बिभिन्न समयमा तालिम दिएका साना घरेलु उद्योगका २० स्टल रहेको थियो ।

मेलामा उपमहानगरले तालिम दिएर उत्पादनमा रहेका हस्ताकलाका सामग्री, ढाकाका कपडा, गुन्द्रुक, बेसार, आलु चिप्स, दालमोठ, ह्याण्ड व्याग, कृषि उत्पादन मोही सहितको स्टल रहेको थियो । औद्योगिक क्षेत्र उत्पादन भएका प्लाष्टिकका भाडा, सरफ, साबुन, खाद्य पदार्थको भाडा, बिष्कुट, पोल्ट्री पलेट, माटोका टाइल सहितका सामग्री राखिएका थिए ।

उद्योगको उत्पादनको उत्पादनको अवलोकन गर्दै रोजगारीको खोजी गर्ने व्यक्तीहरु सँग निजीक्षेत्र र सरोकारवाला बिच रोजगारमा पहँुच अभिबृद्धी सम्बन्धी परामर्श दिइएको उपमहानगरका आर्थिक बिकास महाशाखा प्रमुख जगन्नाथ सापकोटाले जानकारी दिए । मेलामा रोजगारीलाई अवसर प्रदान गर्ने रोजगारदाताहरु रहेका थिए । रोजगारीको अवसर श्रृजना गर्ने उद्देश्य सहित आयोजना गरिएको एकदिने मेलामा उपमहानगरबाट सिप एवम् तालिम प्राप्त गरी स्थानिय स्तरमा स्वरोजगार भएका महिला उद्यमीहरुले अवलोकन कर्ताहरुलाई स्वरोजगार बन्नका लागि आवश्यक राय परामर्श दिएका थिए ।

मेलामा रोजगारीको अवसर खोज्दै आउँनेहरुका लागि उपमहानगरले ‘क्यूआर’ कोर्ड मार्फत अनलाईन फारम भरी सुचिकृत हुने अवसर प्रदान गरेको थियो । सुचिकृत भएकालाई दक्ष अर्धदक्षताका आधारमा रोजगारीका लागि समन्वय गर्ने छ । उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रि नाथ शर्माको अध्यक्षतामा भएको मेलाको बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयका मन्त्री प्रेमभक्त महर्जन र समापन हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले गरेका थिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...