२२ असार, हेटौँडा । मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। मकवानपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ मानेडाँडाका ३४ वर्षीय विनोद पाख्रिन रहेका छन् ।
प्रहरी चौकी ठुलोदमारबाट खटिएको प्रहरी टोलीले आरामपुरस्थित धरान–चतरा सडक खण्डमा शंकास्पद अवस्थामा हिँडिरहेका पाख्रिनलाई फेला पारी जाँच गर्दा उनीसंग ४२० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारेको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
पक्राउ परेका पाख्रिनमाथि लागूऔषध कसुर अन्तर्गत मुद्दा दर्ता गरी मकवानपुर जिल्ला अदालत हेटौंडाबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।