Day: July 6, 2025

खैरो हेरोइनसहित १ जना पक्राउ

खैरो हेरोइनसहित १ जना पक्राउ

ताजा अपडेट, समाचार, हेटौँडा
२२ असार, हेटौँडा । मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। मकवानपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ मानेडाँडाका ३४ वर्षीय विनोद पाख्रिन रहेका छन् । प्रहरी चौकी ठुलोदमारबाट खटिएको प्रहरी टोलीले आरामपुरस्थित धरान–चतरा सडक खण्डमा शंकास्पद अवस्थामा हिँडिरहेका पाख्रिनलाई फेला पारी जाँच गर्दा उनीसंग ४२० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारेको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । पक्राउ परेका पाख्रिनमाथि लागूऔषध कसुर अन्तर्गत मुद्दा दर्ता गरी मकवानपुर जिल्ला अदालत हेटौंडाबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।...
बागमती सरकारको आगामी बजेटमाथि पुरक प्रस्तव पेस

बागमती सरकारको आगामी बजेटमाथि पुरक प्रस्तव पेस

Breaking News 1, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२२ असार । बजेट निर्माणका क्रममा देखिएका त्रुटिहरू सच्याउने, अपारदर्शी तथा अनधिकृत कार्यक्रमहरू हटाउने, बजेट निर्माण प्रक्रियामा सबै दलको सहभागिता सुनिश्चित गर्नुपर्नेजस्ता माग राख्दै आएका प्रतिपक्षी दलहरूको अगाडि बागमती प्रदेश सरकार झुकेको छ। प्रतिपक्षी दलहरू मागबाट टसकोमस नहुँदा प्रदेश सभा बैठक चल्न नसकेछि आर्थिक वर्ष ०८२र८३ को बजेटमाथि पूरक प्रस्ताव ल्याउन प्रदेश सरकार बाध्य भएको हो। सरकारले प्रदेश सभा बैठकमा पूरक प्रस्ताव पेस गरेको छ। बागमती प्रदेशको आगामी आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटमा भएका त्रुटिहरूलाई सच्याउन प्रदेश सरकारले शनिबार पूरक प्रस्ताव पेस गरेको हो। पूरक प्रस्ताव प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले पेस गरेका हुन्। उनले प्रदेश सभा बैठकमा गत १ असारमा प्रस्तुत विनियोजन विधेयकमा ...
आज आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

आज आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

Breaking News 2, ताजा अपडेट, समाचार
२२ असार, हेटौँडा । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठमा विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहारमात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार म...
साना उद्यममाथि मृत्युदण्डको छायाँ

साना उद्यममाथि मृत्युदण्डको छायाँ

विचार
रमेश कुमार बोहोरा २१ असार । नेपालको आर्थिक समृद्धि, रोजगारीको सृजना र आयात प्रतिस्थापनको मेरुदण्ड मानिने लघु साना तथा मझौला उद्यम आज नीति–निर्देशनको प्राथमिकता भित्र पर्दा पर्दै पनि कर्जाको अभावमा सङ्घर्षरत छन् । राष्ट्र बैंकले यो क्षेत्रमा लगानी वृद्धि गर्न बारम्बार बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देश दिँदै आए पनि व्यवहारमा लक्ष्यअनुसारको कार्यान्वयन हुन सकेको छैन । परिणामतः उत्पादन क्षमताको विस्तार रोकिएको छ स्वरोजगारको अवसर घटेको छ र आर्थिक प्रणाली झन् आयातमुखी हुँदै गएको छ । २०८१ चैत मसान्तसम्ममा वाणिज्य बैंकहरूले कुल कर्जाको मात्र १०।९२ प्रतिशत मात्र लघु साना तथा मझौला क्षेत्रमा लगानी गरेका छन् । जबकि राष्ट्र बैंकले २०८२ असार मसान्तसम्म यो अनुपात १२ प्रतिशत र २०८४ सम्म १५ प्रतिशत पुर्‍याउन निर्देशन दिएको छ । हालको कर्जा प्रवाह दर हेर्दा आगामी लक्ष्य प्राप्ति असम्भवजस्तै देखिन्छ ...