बागमतीको दोस्रो आवधिक योजनाको प्रभावकारी कार्यान्वयनमा जोड

१५ साउन, हेटौँडा । बागमती प्रदेशको दोस्रो आवधिक योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ। बागमती प्रदेश नीति तथा योजना आयोगको आयोजनामा बागमती प्रदेशमा क्रियाशील विकास साझेदार संस्थाहरूको सहभागितामा आयोजित कार्यक्रममा दोस्रो आवधिक योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको हो ।

नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले प्रदेशको समृद्धि, सन्तुलित तथा दिगो विकासको लक्ष्यसहित आयोजित कार्यक्रममा प्रदेश सरकारको दोस्रो आवधिक योजनाको प्रभावकारी कार्यान्वयनमा सघाउन साझेदार संस्थाहरूलाई प्रभावकारी सहकार्यका लागि आग्रह गरे । ४० भन्दा बढी विकास साझेदार संस्थाहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा मुख्यमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेशको रूपान्तरणः आर्थिक समृद्धि र समतामूलक समाज’को दिशामा एक महत्वपूर्ण प्रयास भएको उल्लेख गर्दै सबै विकास साझेदारलाई योजनाको सफल कार्यान्वयनमा सहकार्य गर्न आग्रह गरेका थिए ।

उक्त अवसरमा नीति तथा योजना आयोगले हालै तयार पारेको विकास जर्नल पनि सार्वजनिक गरिएको थियो। साथै, सहभागी संस्थाहरूले बागमती प्रदेशमा आफ्नो संस्थागत कार्यक्रम, हस्तक्षेप क्षेत्र र कार्य पद्धतिबारे जानकारी गराएका थिए । साझेदार संस्थाहरूले भविष्यमा योजना आयोग र सम्बन्धित मन्त्रालयहरूसँगको सहकार्यलाई प्रस्ट बनाउँदै दीर्घकालीन विकास लक्ष्य, सोहौँ योजना तथा दोस्रो आवधिक योजनाका लक्ष्यमा पुग्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

योजना आयोगका उपाध्यक्ष डा. नेपालका अनुसार दोस्रो आवधिक योजनाअन्तर्गत सडक स्तरोन्नति, कृषि, पर्यटन, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रमा पहुँच र सेवा प्रवाह विस्तारमा विशेष जोड दिइएको छ । योजनाको सफल कार्यान्वयनका लागि सरोकार निकायबिच समन्वय र सहकार्य अझ आवश्यक रहेकोमा डा। नेपालले जोड दिए ।

कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव भूपाल बराल, प्रदेश तथा स्थानीय शासन सहयोग राष्ट्रिय कार्यक्रमका निर्देशक रुद्रसिंह तामाङलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूले दोस्रो आवधिक योजनाले प्रदेशको विकास यात्रामा साझेदारीको भूमिकालाई थप संस्थागत र प्रभावकारी बनाउने दिशामा महत्त्पूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...