Day: August 1, 2025

राजीनामा दिएर मार्ग प्रशस्त गर्न लामालाई देउवाको निर्देशन

राजीनामा दिएर मार्ग प्रशस्त गर्न लामालाई देउवाको निर्देशन

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति
१६ साउन, हेटौंडा । कांग्रेस सभापति शेरबहादुर देउवाले राजीनामा दिन इन्कार गर्दै आएका मुख्यमन्त्री बहादुरसिंह लामालाई बुढानीलकण्ठस्थित निवासमा बोलाएर मार्गप्रशस्त गर्न निर्देशन दिएका छन् । देउवाले लामालाई लोकतान्त्रिक विधिबाट आएको परिणाम स्वीकार गर्न र विवाद धेरै नलम्ब्याउन निर्देशन दिएको बुढानीलकण्ठ स्रोतले बतायो । ‘पार्टीभित्रको विवादले कसैलाई फाइदा पुग्दैन, दुवै पक्ष मिलेर जानूस्,’ लामालाई सभापति देउवाले दिएको निर्देशन उद्धृत गर्दै स्रोतले भन्यो, ‘लोकतान्त्रिक विधिबाट आएको परिणामलाई स्वीकार गरेर जानू ।’ देउवासँगको भेटपछि लामाले निकट नेताहरूसँग छलफल गरेर निर्णय लिने मनस्थिति बनाएको लामानिकट स्रोतले बतायो । ‘पार्टी सभापतिले मिल्नुपर्छ भन्नुभएको छ, उहाँको प्रस्ताव स्विकारेरै अगाडि बढ्नुपर्छ,’ स्रोतले भन्यो, ‘तर, उहाँ (लामा)ले राजीनामाअघि साथीहरूसँग छलफल गर्न चाहनुभएको छ । मार्गप्रशस...
बागमतीको दोस्रो आवधिक योजनाको प्रभावकारी कार्यान्वयनमा जोड

बागमतीको दोस्रो आवधिक योजनाको प्रभावकारी कार्यान्वयनमा जोड

अर्थ, ताजा अपडेट, बागमती प्रदेश, समाचार
१५ साउन, हेटौँडा । बागमती प्रदेशको दोस्रो आवधिक योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ। बागमती प्रदेश नीति तथा योजना आयोगको आयोजनामा बागमती प्रदेशमा क्रियाशील विकास साझेदार संस्थाहरूको सहभागितामा आयोजित कार्यक्रममा दोस्रो आवधिक योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको हो । नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले प्रदेशको समृद्धि, सन्तुलित तथा दिगो विकासको लक्ष्यसहित आयोजित कार्यक्रममा प्रदेश सरकारको दोस्रो आवधिक योजनाको प्रभावकारी कार्यान्वयनमा सघाउन साझेदार संस्थाहरूलाई प्रभावकारी सहकार्यका लागि आग्रह गरे । ४० भन्दा बढी विकास साझेदार संस्थाहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा मुख्यमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेशको रूपान्तरणः आर्थिक समृद्धि र समतामूलक समाज’को दिशामा एक महत्वपूर्ण प्रयास भएको उल्लेख गर्दै सबै विकास साझेदारलाई योजनाको सफल कार्यान्वयनमा सहका...