आधुनिक कृषि बजार हेटौँडालाई हस्तान्तरण

१८ साउन, हेटौँडा । बागमती प्रदेश सरकार अन्तर्गत कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको प्रादेशिक कृषि थोक बजारको आइतबार उद्घाटन गरीएको छ ।

उद्घाटन गरेसङ्गै कृषि थोक बजार आइतबार नै उपमहानगरलाई हस्तान्तरण समेत गरिएको छ । थोक बजारको प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ र हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

३८ करोड ८८ लाख ६७ हजार ५८२ रुपैयाँ लागत अनुमान गरिएको पाँच तल्ले भवन निर्माणका लागि हालसम्म ३२ करोड १० लाख ५० हजार ७१५ रुपैयाँमा बेसमेन्टसहित तीन तल्लामा निर्माण सम्पन्न भएको छ ।

थोक बजारको संरचनामा बेसमेन्टमा कार र मोटरसाइकल पार्किङ सुविधा, भुईतल्लामा २० वटा सटर, ४ वटा कार्गो र २ वटा प्यासेन्जर लिफ्ट, र पहिलो तल्लामा थप २० सटर निर्माण गरिएका छन् ।

यस्तै खुद्रा बजारतर्फ भुईतल्लामा ११ वटा सटर, २ वटा कार्गो लिफ्ट र २० सटर रहेका छन् भने पहिलो तल्लामा १२ सटर र किसानका लागि २३२ वर्गमिटर क्षेत्रफलको टहरा निर्माण गरिएको छ। साथै, ४३७।२ वर्गमिटर क्षेत्रफलमा ५०० मेट्रिक टन क्षमताको कोल्ड स्टोरेज समेत निर्माण गरिएको छ ।

थोक बजारले प्रदेशभरका किसानहरूले उत्पादन गरेका कृषि उपजको व्यवस्थित बजारीकरणमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।

उद्घाटन कार्यक्रममा उपमहानगरका उपप्रमुख राजेश बानियाँ, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, वडाअध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, महाशाखा प्रमुखहरू, कृषि क्षेत्रमा क्रियाशील संघ–संस्थाका प्रमुख, व्यापारी तथा कृषकहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...