बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा
१८ साउन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । आइतबार साँझ पत्रकार सम्मेलनमार्फत उनले राजीनामा दिएका हुन् । राजीनामा घोषणा गरेलगत्तै उनी काठमाडौं प्रस्थान गरेका छन् । उनले राजीनामापत्र प्रदेश प्रमुखलाई बुझाउने जिम्मा प्रमुख स्वकीय सचिव छत्रबहादुर लामालाई दिएका छन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा स्वास्थ्य उपचारका लागि काठमाडौं रहेकाले सोमबार मात्र राजीनामा बुझाइने मुख्यमन्त्री लामाले बताए । ‘मैले राजीनामापत्रमा हस्ताक्षर गरिसकेको छु र सार्वजनिक रूपमा घोषणा पनि गरेको छु,’ उनले भने, ‘प्रदेश प्रमुखज्यू उपचारमा हुनुभएकाले सोमबार मात्र मेरा प्रमुख स्वकीय छत्र लामाले राजीनामापत्र बुझाउनेछन् । उहाँ आउनुभए भेटेर राजीनामा बुझाइनेछ, नभए कार्यालयमा दर्ता गरेर छाड्ने गरी निर्देशन दिएको छु ।’
९ साउन ०८१ मा मुख्यमन्त्री बनेका लामाले करिब एक वर्ष सरकारको न...















