४ भदौ, हेटौँडा । मकवानपुर प्रहरीले नक्कली सुनलाई सक्कली भनी ठगी गर्ने प्रयासमा संलग्न भएका चार जनालाई हेटौँडाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका वडा नम्बर २ का ३४ वर्षीय किशोर लामा गोले, बकैया गाउँपालिका ८ का ४५ वर्षीय सुर्य बहादुर नेगी, बकैया गाउँपालिका ७ का ४४ वर्षीय सेते लाल गोङवा र नुवाकोट किस्पाङ गाउँपालिका १ भाल्चेका ४८ वर्षीय नाम्केल तामाङ रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाका आधारमा प्रहरीले हेटौंडा उप–महानगरपालिका ११ सुकुम्बासी टोल, त्रिवेणीचोकस्थित एक घरबाट पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार ती व्यक्तिहरु उक्त घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।
उनका अनुसार प्रहरीले कोठामा खानतलासी गर्ने क्रममा झोलाभित्र पिएएमपी लेखिएको सुनजस्तो देखिने ५० थान पहेँलो धातु फेला पारेको थियो । परीक्षणका लागि मकवानपुर सुनचाँदी व्यवसायी संघलाई पठाउँदा तीमध्ये ४९ थान नक्कली र १ थान मात्र सक्कली सुन रहेको पुष्टि भएको हो ।
उक्त सक्कली सुन १० ग्राम ९हालको बजार मूल्य एक लाख ६७ हजार ६९५० राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको र बाँकी ४९ थान नक्कली धातु बरामद गरिएको प्रवक्ता अर्यालले बताए । पक्राउ परेका चार जनामाथि ठगी उद्योग कसुर अन्तर्गत मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको उनको भनाई छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।