२६ भदौ, हेटौँडा । संविधानको रक्षा, संवैधानिक सर्वोच्चता कायम गर्ने तथा राष्ट्रपतिलाई तत्काल सार्वजनिक गर्नुपर्ने मागसहित हेटौँडामा बिहीबार युवाहरूको एक समूहले प्रदर्शन गरेको छ । विशेषगरी कांग्रेस, एमाले र माओवादीसहित विभिन्न राजनीतिक दलसँग आबद्ध युवाहरूको सहभागितामा गरिएको उक्त प्रदर्शनमा सैनिक शासन नमान्ने चेतावनी दिइएको थियो ।
हेटौँडा उपमहानगरपालिका वढा नम्बर ४ स्थित हुप्र चौरमा भेला भएका युवाहरुले ‘संबैधानिक सर्वोच्चता कायम गर,’ ‘संविधानको रक्षा गर’, ‘राष्ट्रपति सार्वजनिक गर’, ‘सैनिक शासन चाहिदैन’, ‘संसद् विघटन गर्न पाइदैँन, र ‘जेनजीका माग पुरा गर’ जस्ता नारासहित प्रदर्शन गरेका थिए । हुप्रचौरबाट सुरु भएर सिमा चोक पुगेको ¥यालीले २३ भदौमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरुलाई सहिद घोषणा गर्नुपर्ने मागसमेत राखेका थिए ।
हुप्रा चौरबाट सुरु भएको ¥याली मेनरोड, बैंक रोड हुँदै सिमाचोकमा पुगेको थियो । सिमाचोकमा आयोजित कोणसभामा युवाहरूले संविधानको अस्तित्व र कार्यान्वयनमा भएको चुनौतीप्रति आक्रोश व्यक्त गर्दै सैनिक शासन वा असंवैधानिक कदम स्वीकार्य नहुने चेतावनी दिएका थिए । कोणसभामा बोल्दै उनीहरुले जनताको बलिदानबाट ल्याइएको संविधानमाथि प्रहार हुने कुनै पनि प्रयास जनताले नस्वीकार्ने दाबी गरेका थिए ।
¥यालीमा सहभागी तरुण दलका केन्द्रीय सदस्य समेत रहेका राजेश भेटवालले संविधानको परिधि भित्र रहेर जेनजीका माग तत्काल पुरा गर्नुपर्ने बताए । उनले जेनजीका मागहरु जायज रहेको उल्लेख गर्दै केहि घुसपैठीहरुले संविधान विपरित गतिविधिमा जेनजीलाई उक्साई रहेको, संसद विघठनलाई मुद्धा बनाईरहेको भन्दै त्यसले उनीहरुको पवित्र आन्दोलन तुहिने खतरा रहेको दावी गरे । उनले जनेजीको आन्दोलनमा पनि घुसपैठीहरुकै कारण देशले ठूलो धनजनको क्षति व्यहोर्नु परेको बताए ।
प्रदर्शनमा उत्रिएका युवाहरूले संविधानको रक्षा केवल दलहरूको मात्र नभई सम्पूर्ण नेपालीको साझा जिम्मेवारी भएको बताए । उनीहरुले राजनीतिक नेतृत्वले यथाशीघ्र संवैधानिक प्रक्रिया बहाल गर्न आग्रह पनि गरेका थिए ।
यस्तै हेटौँडा १२ हातिगौडामा पनि युवाहरुले संविधानको रक्षा गर्न माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले संसद विघटन गर्न नहुँने, जेनजीको माग तत्काल पुरा गर्नुपर्ने, सार्वजनिक सम्पतिको सुरक्षा गर्नुपर्ने, जेनजीको आन्दोलनका क्रमा भएका गलत क्रियाकलापमा सहभागीहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने लगाएतका मागसहित प्रदर्शन गरेको एकजना युवा कुमार पोखरेलले जानकारी दिए ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।