मकवानपुरमा निषेधाज्ञा र कर्फ्यु आदेश जारी
२६ भदौ, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाको शान्तिसुरक्षा र जनसुरक्षालाई मध्यनजर गर्दै निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९६० बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबारदेखि लागू हुने गरी आदेश जारी गरिएको हो ।
जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिअनुसार अर्को आदेश जारी नभएसम्म बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म निषेधाज्ञा रहनेछ । त्यस्तै, बिहान ६ बजेदेखि ९ बजेसम्म कर्फ्यु आदेश लागू हुने जनाइएको छ।
साथै अत्यावश्यक कामका लागि बिहान ५ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म आवतजावत गर्न सकिने व्यवस्था गरिएको छ। निषेधाज्ञा तथा कर्फ्यु अवधिमा सभा, जुलुस, भेला, प्रदर्शन र िडभाड पूर्णतः निषेध गरिएको छ ।
तर, अत्यावश्यक सेवामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, दमकल, एम्बुलेन्स, शववाहन, औषधि तथा खाद्यान्न ढु...















