१५ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले महान चाड बडादशैँको नवौँ दिन महानवमीका अवसरमा नवकन्या पूजाआजा गर्नुभएको छ ।
बुधबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नक्सालस्थित बालमन्दिरका नवकन्याको गोडा धोई पूजा गरी टीका लगाइ उपहार प्रदान गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
दशैँ पर्वमा प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले नवकन्याको पूजा गर्ने परम्परा रहिआएको छ।
धार्मिक विश्वासअनुसार महानवमीमा दुर्गा भगवतीका नौ रूप– शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा गर्ने प्रचलन छ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।