
ब्रेकफेल भएको बसले मोटरसाइकललाई ठक्कर दिदा दुईको मृत्यु
१५ असोज, हेटौंडा । मकवानपुर र बाराको सिमानास्थित जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चुरियामाई मन्दिर नजिक ब्रेकफेल भएको यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिदा दुईको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक दिपक केसीका अनुसार जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ८५३७ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको हो। उकालोमा गुडिरहेको बस ब्रेक फेल भएर पछाडी सर्दा बसको पछाडी रहेका दुईवटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट बारा फेटा गाउँपालिका–१ भरवलियाका २५ वर्षीय मकेश्वर पटेल गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनकी २६ वर्षीया श्रीमती कविता देवी र करिब २० महिनाकी छोरी तानेया पटेल घाइते छन्।
त्यस्तै, वीरगञ्ज महानगरपालिका–३१ का २७ वर्षीय कञ्चन कुमार पटेलकी श्रीमती २२ वर्षीया कलिता देवी पनि उपचारका क्...