१५ असोज, हेटौंडा । मकवानपुर र बाराको सिमानास्थित जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चुरियामाई मन्दिर नजिक यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
घटनामा दर्जनौँ घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरूलाई उपचारको लागि हेटौंडा पठाइएको छ ।
जिल्ला ट्राफिक कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक दिपक केसीका अनुसार जनकपुरबाट नारायणघाटतर्फ जाँदै गरेको बसको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको पुर्ण विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।