मुलुकभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

१७ असोज, हेटौँडा । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार मनसुनी वायु थप सक्रिय हुने भएकाले मुलुकका केही स्थानमा भारी वर्षा हुने चेतावनी दिएको छ । विभागले शुक्रबार साँझ विशेष मौसमी बुलेटिन जारी गर्दै प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागमा शनिबार र आइतबार धेरै स्थानमा वर्षा हुने सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भू–भागमा पनि केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । यस्तै, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा पर्ने सम्भावना रहेको उल्लेख छ ।

मौसमविद् प्रतिमा मानन्धरका अनुसार अहिले मुलुकभर बङ्गालको खाडी र अरब सागरबाट आएका जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव छ । उनले भने, “शनिबार र आइतबार मुलुकका धेरै स्थानमा भारी वर्षा हुने देखिन्छ भने सोमबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने सम्भावना छ ।”

आगामी तीन दिनको मौसम पूर्वानुमान

🔹 आज राति (शुक्रबार)
देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने अनुमान छ । साथै कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि सम्भावित छ ।

🔹 शनिबार (दिउँसो)
देशभर सामान्यतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानमा वर्षा हुने देखिन्छ । तीमध्ये केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा र केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान छ ।

🔹 शनिबार (राति)
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा अधिकांश बदली रहनेछ । धेरै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ भने मधेस, बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ ।

🔹 आइतबार (दिउँसो)
देशभर सामान्यतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । केही स्थानमा भारी वर्षा र कोशी, मधेस तथा बागमती प्रदेशका केही भू–भागमा धेरै भारी वर्षा समेत हुनसक्ने पूर्वानुमान गरिएको छ ।

🔹 आइतबार (राति)
कोशी, मधेस, बागमती लगायतका प्रदेशमा साधारणतया बदली रहनेछ । केही स्थानमा मध्यम वर्षा हुने देखिन्छ भने कोशी र बागमतीका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

सतर्कता अपनाउन आग्रह

महाशाखाले भारी वर्षाको सम्भावना रहेकाले नदीमा पानीको सतह बढ्ने, पहिरो, बाढी तथा सडक यातायातमा अवरोध हुने जोखिम रहेको चेतावनी दिएको छ । प्रभावित क्षेत्रमा अनावश्यक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र विपद् व्यवस्थापनका निकायले जारी गर्ने सूचनाप्रति सजग रहन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...