मुलुकभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

१७ असोज, हेटौँडा । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार मनसुनी वायु थप सक्रिय हुने भएकाले मुलुकका केही स्थानमा भारी वर्षा हुने चेतावनी दिएको छ । विभागले शुक्रबार साँझ विशेष मौसमी बुलेटिन जारी गर्दै प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागमा शनिबार र आइतबार धेरै स्थानमा वर्षा हुने सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भू–भागमा पनि केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । यस्तै, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा पर्ने सम्भावना रहेको उल्लेख छ ।

मौसमविद् प्रतिमा मानन्धरका अनुसार अहिले मुलुकभर बङ्गालको खाडी र अरब सागरबाट आएका जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव छ । उनले भने, “शनिबार र आइतबार मुलुकका धेरै स्थानमा भारी वर्षा हुने देखिन्छ भने सोमबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने सम्भावना छ ।”

आगामी तीन दिनको मौसम पूर्वानुमान

🔹 आज राति (शुक्रबार)
देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने अनुमान छ । साथै कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि सम्भावित छ ।

🔹 शनिबार (दिउँसो)
देशभर सामान्यतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानमा वर्षा हुने देखिन्छ । तीमध्ये केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा र केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान छ ।

🔹 शनिबार (राति)
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा अधिकांश बदली रहनेछ । धेरै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ भने मधेस, बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ ।

🔹 आइतबार (दिउँसो)
देशभर सामान्यतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । केही स्थानमा भारी वर्षा र कोशी, मधेस तथा बागमती प्रदेशका केही भू–भागमा धेरै भारी वर्षा समेत हुनसक्ने पूर्वानुमान गरिएको छ ।

🔹 आइतबार (राति)
कोशी, मधेस, बागमती लगायतका प्रदेशमा साधारणतया बदली रहनेछ । केही स्थानमा मध्यम वर्षा हुने देखिन्छ भने कोशी र बागमतीका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

सतर्कता अपनाउन आग्रह

महाशाखाले भारी वर्षाको सम्भावना रहेकाले नदीमा पानीको सतह बढ्ने, पहिरो, बाढी तथा सडक यातायातमा अवरोध हुने जोखिम रहेको चेतावनी दिएको छ । प्रभावित क्षेत्रमा अनावश्यक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र विपद् व्यवस्थापनका निकायले जारी गर्ने सूचनाप्रति सजग रहन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

बालेन र सुदनविरुद्ध अनेरास्ववियुको जाहेरी, प्रहरीले दर्ता गरेन

बालेन र सुदनविरुद्ध अनेरास्ववियुको जाहेरी, प्रहरीले दर्ता गरेन

२२ असोज, हेटौँडा । काठमाडौंपछि मकवानपुरमा पनि काठमाडौं महानगरका प्रमुख बालेन साह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध जाहे...
विपद् व्यवस्थापनमा बागमती सरकार सक्रियः ५ करोड ४० लाख रुपैयाँ बजेट निकासा

विपद् व्यवस्थापनमा बागमती सरकार सक्रियः ५ करोड ४० लाख रुपैयाँ बजेट निकासा

२१ असोज, हेटौँडा । मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारले ५ करोड ४० लाख रुपैयाँ बजेट ...
चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

२२ असोज, हेटौँडा । चितवन जिल्लामा जापानीज इन्सेफ्लाइटिस ९जेई० को संक्रमण फैलिँदै जाँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जनस्वास्थ...
आगलागी पीडित जिम्बा परिवारलाई मुख्यमन्त्री बानियाँ र कांग्रेस बकैया समितिको आर्थिक सहयोग

आगलागी पीडित जिम्बा परिवारलाई मुख्यमन्त्री बानियाँ र कांग्रेस बकैया समितिको आर्थिक सहयोग

२१ असोज, हेटौँडा । गत भदौ २० गते घरमा आगलागी हुँदा घाइते भई असोज १ गते मृत्यु भएका बकैया–५ श्रीपुरका लिलाराम जिम्बाको परिवारलाई बा...
पाँचथर पिकअप दुर्घटनाः ६ जनाको मृत्यु, ६ गम्भीर घाइते

पाँचथर पिकअप दुर्घटनाः ६ जनाको मृत्यु, ६ गम्भीर घाइते

१८ असोज, हेटौँडा। पाँचथरमा भएको एक भीषण सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहर...
अविरल वर्षाका कारण थप दुई दिन सार्वजनिक बिदा घोषणा

अविरल वर्षाका कारण थप दुई दिन सार्वजनिक बिदा घोषणा

१८ असोज, हेटौँडा। देशका विभिन्न भागमा परिरहेको अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ । यसैबीच सरकारले थप दुई दिन — आइतबार र सोमबार...
अविरल वर्षाले जोखिम बढेको भन्दै सतर्कता अपनाउन कांग्रेस बागमती प्रदेशको अपिल

अविरल वर्षाले जोखिम बढेको भन्दै सतर्कता अपनाउन कांग्रेस बागमती प्रदेशको अपिल

१८ असोज, हेटौंडा । शनिवार बिहानदेखि परिरहेको अविरल वर्षाका कारण बागमती प्रदेशका पहाडी जिल्लाहरूमा पहिरो र नदीनालाहरुमा जलसतह बढ्दा...
काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन असोज १८ देखि २० गतेसम्म सञ्चालनमा रोक

काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन असोज १८ देखि २० गतेसम्म सञ्चालनमा रोक

१७ असोज, हेटौँडा । सरकारले असोज १८, १९ र २० गते काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज