Day: May 3, 2025

हेटौंडामा सडक भासिँदा गाडी जमिनभित्र गायब

हेटौंडामा सडक भासिँदा गाडी जमिनभित्र गायब

Breaking News 1, ताजा अपडेट, समाचार
२० वैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिएर पिकअप भ्यान  गायब भएको छ । भित्री कच्ची सडकखण्डमा घाँस काट्ने मेसिन बोकेको ना४च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी (भ्यान) सडक भासिँदा हराएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको छ । गाडीका चालक र सहचालकले भने गाडी धसिनुअघि नै निस्किएर  जोगिएका छन् । ‘गाडी धसिन थालेपछि डोरी लगाएर तान्न खोज्यौं । मान्छेले तानेर कहाँ हुन्थ्यो र ? डोरीसहितै गयो नि’, घटनास्थलमा रहेका सहचालकले भने, ‘हामी हाम फालेर जोगियौं ।’ घटना शुक्रबार दिउँसोको हो । गाडी भासिएको करिब ५ सेकेण्डमै गाडी हराएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गाडी डुबेको नजिकै माछापालनका लागि भनेर खनेको बोरिङ पनि रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ । बोरिङ...
राष्ट्रिय महिला गोल्डकपः चितवन सेमिफाइनलमा

राष्ट्रिय महिला गोल्डकपः चितवन सेमिफाइनलमा

Breaking News 1, खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
१९ वैशाख, हेटौँडा । शुक्रबारबाट हेटौँडामा सुरु भएको राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोेगितामा चितवनले विजय सुरुवात गरेको छ । आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै चितवनले विजयी सुरुवात गरेको हो । जितसँगै चितवन सेमिफाइनलमा पुगेको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडा ६ स्थित गौरीटार रंगशालको फुटबल मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलको निर्धारित समय एक÷एक गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरमार्फत लिइएको हो । पहिलो हाफ गोलरहित बराबरी भएकोमा चितवनले दोस्रो हाफको केहीबेरमै अग्रता बनाएको थियो । चितवनका लागि अनिता गुरुङले हेडमार्फत गोल गरेकी हुन् । मकवानपुरका डिफेण्डरले चितवनका खेलाडीलाई लडाएपछि पाएको फ्रिकिक बललाई उनले हेड गर्दै पोष्टको दिशा दिएकी हुन् । गोल खाए लगत्तै मकवानपुर १० खेलाडीमा सिमित बनेको थियो । मकवानपुरका खुसाना राईले चितवनकी गोलरक्षक सुजता...