भ्रम छर्नेलाई भन्दा काम गर्नेलाई छान्न मुख्यमन्त्री बानियाँको आग्रह
२ मङ्सिर, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी निर्वाचन नजिकिँदै गर्दा ‘भ्रम छर्ने’ र ‘मिठा भाषण सुनाउने’ नेताहरूबाट सचेत रहन मतदातालाई आग्रह गरेका छन् । उनले काम नगर्ने तर सामाजिक सञ्जालमा आकर्षक भाषण मात्र गर्ने पात्रहरूबाट जनता भ्रमित हुन नहुने बताए ।
मंगलबार मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ तल्लो मकरीस्थित राधाकृष्ण मन्दिर रोड स्ल्याब ढलानको सुरुवात कार्यक्रममा मुख्यमन्त्री बानियाँले निर्वाचनको बेला देखिने भ्रम फैलाउने प्रवृत्तिबाट जनता जागरूक हुनुपर्नेमा जोड दिए । 'फेसबुक–युट्युबमा राम्रा भाषण गर्ने तर व्यवहारमा काम नगर्ने धेरै हुन्छन्,’ उनले भने, ‘जनताले अब यस्ता पात्रलाई चिन्नुपर्छ । कुरा र काम दुवै गर्नेलाई रोज्नुपर्छ ।’
उनले भ्रम सिर्जना गर्ने व्यक्ति तथा दललाई गाउँ–गाउँबाट नै लखेट्नुपर्ने उल्लेख गर्दै जनताले नेतासँग गरेको काम र आगामी लक...














