सडक बिस्तारका लागि हेटौंडामा शनिबार बिहानै चल्यो डोजर
२० मङ्सिर , हेटौंडा । लामो समयदेखि रोकिदै आएको हेटौँडाको सडक बिस्तार शनिवारबाट सुरु भएको छ । शनिवार बिहानैबाट सडक डिभिजन कार्यलय हेटौँडाका डोजरले हेटौँडाका मुख्य बजार क्षेत्रका अतिक्रमित घर तथा टहरा भत्काउन थालेका छन् ।
स्थानीय प्रशासनको सहयोगमा बाक्लो सुरक्षाकर्मीको उपस्थितिकाबीच सडक डिभिजन कार्यालय हेटौँडाले राजमार्गको दुबैतर्फ २५÷२५ गज भित्र परेका अतिक्रमित स्थाई तथा अस्थाई संरचना भत्काउने काम अघि बढाएको हो ।
डिभिजन कार्यलयका झण्डै ६÷७ वटा डोजर र स्काभेटरको प्रयोग गरेर अहिले बुद्धचोकदेखी सिमाचोक क्षेत्रमा रहेको घरहरु भत्काउने काम भइरहेको डिभिजन कार्यालयले जनाएको छ । यससँगै बजारका अन्य ठाउँहरूमा पनि एकैपटक डोजर परिचालन गरी तीन–चार स्थानबाट विस्तार कार्य थालिएको छ ।
१५ दिने अल्टिमेटम सकिएपछि जबर्जस्ती हटाउन थालेको सडक डिभिजन हेटौंडाले गत मंसिर ५ गते महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद...














