गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन
१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकारको लगानीमा निर्माण गरिएको मैदानको उद्घाटन मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शिलालेख अनावरण गर्दै गरेका हुन् । उद्घाटनसँगै बागमती प्रदेशले पहिलोपटक आफ्नै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको क्रिकेट मैदान पाएको छ ।
उद्घाटन कार्यक्रममा क्रिकेट एसोसियसन अफ नेपाल ९क्यान०का सचिव पारस खड्का, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामा पूर्वसदस्यसचिव सूर्यलाल भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले गौरीटार रंगशालालाई प्रदेशको गौरव र पहिचानसँग जोडिएको परियोजनाका रूपमा विकास गरिने बताए। उनले आगामी आर्थिक वर्षको बजेटमार्फत आवश्यक स्रोत सुनिश्चित गरेर रंगशालाको बाँकी पूर्वाधार निर्माणलाई ...














