बागमती प्रदेशसभा चलाउन बजेट रकमान्तर प्रतिपक्षको बटम लाइन

५ जेठ, हेटौँडा । बागमती प्रदेशसभा सञ्चालनको लागि सत्तापक्ष र प्रतिपक्ष दलहरू बिचको विवादले समस्या बनिरहेको छ । संसद् सञ्चालनको चाबी चालु आर्थिक वर्षको बजेट कार्यक्रममा अड्किएको छ । सत्तापक्ष र प्रतिपक्ष दलहरू बिचको बजेट माथिको विवादका कारण संसद् बैठक बन्धक जस्तै बनेको छ ।

एकातर्फ सरकार संसद् आह्वान गरेर छलफल गर्न अघि बढेको छ भने विगतको सहमति कार्यान्वयनमा चासो नदेखाउँदा प्रतिपक्ष दल चिढ्याउँदै आएको छ । प्रतिपक्ष दल पनि विगत देखि नै एकै मुद्दामा अडान लिएर बसिरहेका छन् ।

बजेट पारित गर्दाको बखतमा भएका लिखित सहमति र सो पछिका सर्वदलीय बैठकको सहमति कार्यान्वयन गर्न उनीहरुले काम गरिहरेका छन् । सोही मागदावीका बिच गत चैत १९ गते आह्वान भएको हिउँदे अधिवेशन अन्तर्गतको प्रदेशसभा बैठक बस्न सकेन । सोही विषयमा छलफलका लागि आह्वान भएको सर्वदलीय बैठक पनि निष्कर्ष विहीन बनेपछि संसद् अधिवेशन नै बन्द गर्ने निर्णयमा सरकार पुगेको थियो ।

आजबाट सुरु भएको संसद्को वर्षे ९बजेट० अधिवेशनको पहिलो बैठक पनि औपचारिकतामा मात्र सीमित बन्यो । दलहरूले अधिवेशनको सफलताको शुभकामना मन्तव्य राख्दैसँगै संसद्का सबै विषयहरू कार्यसूचीबाट हटाइयो ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले संसद्को अर्को बैठक मङ्गलवार बिहान ११ बजेका लागि बोलाएका छन् । सोमबारको प्रदेशसभाको बैठकमा प्रदेश चलचित्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने कार्यसूची रहेको थियो भने संसदीय समितिबाट पारित भई तयार भएका चार विधेयक प्रतिवेदन पेस हुने कार्यसूची रहेको थियो ।

सो बैठक सञ्चालनको लागि प्रदेशसभाका प्रतिपक्ष दलहरूले बटम लाइन पनि बजेट रकमान्तर रहेको छ । बजेटलाई सन्तुलित बनाउन प्रदेश सरकार र विपक्षी दलहरू बिचको सहमति अनुसार बजेट रकमान्तर गर्नुपर्ने प्रतिपक्ष दलहरूको माग रहेको छ । उनीहरुले बजेट रकमान्तर नभएसम्म संसद् सञ्चालन हुन नसक्ने चेतावनी दिँदै आएका छन् ।

प्रतिपक्ष दलहरूले मङ्गलवार बिहान ८ बजेसम्म माग सम्बोधन भएको खण्डमा ११ बजेको प्रदेशसभाको बैठक सञ्चालन गर्न हुन सक्ने बताएका छन् । चालु आर्थिक वर्षको बजेट कार्यक्रममा सरकारले गरेको सहमति कार्यान्वयन गर्नुपर्ने र बैठक सञ्चालन नगरी हिउँदे अधिवेशन अन्त्यको कारणसहित स्पष्ट धारणा सरकारबाट आउनु पर्ने माग गरेको नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता सालिकराम जम्कट्टेलले बताए ।

उनका अनुसार सरकारको तर्फबाट बजेटलाई सुन्तलत बनाउन भएका सहमति अनुसारको काम मङ्गलवार बिहान ८ बजेटसम्म हुने प्रतिबद्धता आएको छ । सरकारको प्रस्तुति अनुसार प्रतिपक्षले आफ्नो भूमिका अघि बढाउने उनको भनाई छ ।

यता मुख्यमन्त्री बहादुर सिंह लामाका अनुसार संसद् सञ्चालनको लागि भएको प्रतिपक्ष दल बिचको बैठक सकारात्मक भएको छ । प्रतिपक्षले उठाएका मागका विषयमा सरकार गम्भीर रहेको उनले बताए । प्रतिपक्षका मागहरू सम्बोधन गर्न सरकार तयार रहेको र क्रमिक रूपमा पुरा गर्ने उनको भनाई छ ।

हिउँदे अधिवेशनका विषयहरू संसद्मा पुनः छलफल गरेर अघि बढ्ने विषयमा दलहरू सकारात्मक रहेको उनले बताए । बजेट कार्यक्रमका विषयमा भने सरकारले सम्पन्न हुने आयोजनाहरूलाई रकमान्तर गरे बजेट दिने चरणमा अघि बढेको उनले बताए । मङ्गलवार बिहानसम्म धेरै विषयहरू सम्बोधन गरेर अघि बढ्ने सरकारको तयारी रहेको उनको भनाई छ ।

उनका अनुसार चालु आर्थिक वर्षमा छुटेका योजनाहरू संसदीय दल मार्फत माग गरेर सरकारले सहमति अनुसार बजेट थप गर्ने काम अघि बढेको छ ।

कुल १ अर्ब २१ करोड रुपैयाँको छुट भए बापतको बजेट रकमान्तरको प्रस्ताव अन्तिम चरणमा रहेको उनले बताए । जसमध्ये बहु वर्षे र स्रोत सुनिश्चितबाट केही विषयहरू समेटिएको उनले बताए । करिब ७०र८० करोड बराबरमा योजनाहरूमा बजेट रकमान्तर बाँकी रहेको र सो विषयलाई पनि समेन्टेगरी सरकारले प्रक्रिया टुङ्ग्याएको उनले बताए ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

प्लास्टिक विस्थापनका लागि राक्सिराङमा दुना–टपरी उत्पादन सुरु

प्लास्टिक विस्थापनका लागि राक्सिराङमा दुना–टपरी उत्पादन सुरु

५ जेठ, हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले प्लास्टिकजन्य भाँडाकुँडालाई विस्थापित गर्ने लक्ष्यसहित सालको पातबाट दुना, टपरी ...
एरिका र राजन उत्कृष्ट खेलाडी, संगिना बनिन् ‘बागमतीको सान’

एरिका र राजन उत्कृष्ट खेलाडी, संगिना बनिन् ‘बागमतीको सान’

५ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा जन्मिएर खेलकुद क्षेत्रमा सक्रिय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्ष...
बागमती प्रदेशसभा चलाउन बजेट रकमान्तर प्रतिपक्षको बटम लाइन

बागमती प्रदेशसभा चलाउन बजेट रकमान्तर प्रतिपक्षको बटम लाइन

५ जेठ, हेटौँडा । बागमती प्रदेशसभा सञ्चालनको लागि सत्तापक्ष र प्रतिपक्ष दलहरू बिचको विवादले समस्या बनिरहेको छ । संसद् सञ्चालनको चाब...
हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले हेटौंडामा पहिलोपटक ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट...
संसदीय निर्वाचनको झल्को दिनेगरी ज्ञानोदय बालबाटिका एकेडेमीमा विद्यार्थीको निर्वाचन

संसदीय निर्वाचनको झल्को दिनेगरी ज्ञानोदय बालबाटिका एकेडेमीमा विद्यार्थीको निर्वाचन

३० बैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालीका वडा नम्बर २, संगमचोक स्थित ज्ञानोदय बालबाटिका एकेडेमीका विद्यार्थिहरुले मतदान प्रक्रिया...
लोमान्थाङ घोषणापत्र जारी गर्दै नेपाल प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया सम्मेलन सम्पन्न

लोमान्थाङ घोषणापत्र जारी गर्दै नेपाल प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया सम्मेलन सम्पन्न

३० बैशाख, हेटौँडा । काठमाडौं, वैशाख ३० – नेपाल प्रेस युनियनको आयोजनामा सम्पन्न ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया सम्मेलन २०२५’ ले ...
कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द हुने

कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द हुने

३० बैशाख, हेटौँडा । हेटौंडा काठमाडौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिन बन्द हुने भएको छ । सडक स्तरोन्नती कार्यका लागि १...
बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभाको निश्कर्ष

बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभाको निश्कर्ष

३० बैशाख, हेटौँडा । गत १९ गते हेटौँडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा बोरिङको कारण जमिन भासिएर बोलेरो गाडी धसिएको पाइएको छ । घट...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज