बागमती प्रदेशसभा चलाउन बजेट रकमान्तर प्रतिपक्षको बटम लाइन

५ जेठ, हेटौँडा । बागमती प्रदेशसभा सञ्चालनको लागि सत्तापक्ष र प्रतिपक्ष दलहरू बिचको विवादले समस्या बनिरहेको छ । संसद् सञ्चालनको चाबी चालु आर्थिक वर्षको बजेट कार्यक्रममा अड्किएको छ । सत्तापक्ष र प्रतिपक्ष दलहरू बिचको बजेट माथिको विवादका कारण संसद् बैठक बन्धक जस्तै बनेको छ ।

एकातर्फ सरकार संसद् आह्वान गरेर छलफल गर्न अघि बढेको छ भने विगतको सहमति कार्यान्वयनमा चासो नदेखाउँदा प्रतिपक्ष दल चिढ्याउँदै आएको छ । प्रतिपक्ष दल पनि विगत देखि नै एकै मुद्दामा अडान लिएर बसिरहेका छन् ।

बजेट पारित गर्दाको बखतमा भएका लिखित सहमति र सो पछिका सर्वदलीय बैठकको सहमति कार्यान्वयन गर्न उनीहरुले काम गरिहरेका छन् । सोही मागदावीका बिच गत चैत १९ गते आह्वान भएको हिउँदे अधिवेशन अन्तर्गतको प्रदेशसभा बैठक बस्न सकेन । सोही विषयमा छलफलका लागि आह्वान भएको सर्वदलीय बैठक पनि निष्कर्ष विहीन बनेपछि संसद् अधिवेशन नै बन्द गर्ने निर्णयमा सरकार पुगेको थियो ।

आजबाट सुरु भएको संसद्को वर्षे ९बजेट० अधिवेशनको पहिलो बैठक पनि औपचारिकतामा मात्र सीमित बन्यो । दलहरूले अधिवेशनको सफलताको शुभकामना मन्तव्य राख्दैसँगै संसद्का सबै विषयहरू कार्यसूचीबाट हटाइयो ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले संसद्को अर्को बैठक मङ्गलवार बिहान ११ बजेका लागि बोलाएका छन् । सोमबारको प्रदेशसभाको बैठकमा प्रदेश चलचित्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने कार्यसूची रहेको थियो भने संसदीय समितिबाट पारित भई तयार भएका चार विधेयक प्रतिवेदन पेस हुने कार्यसूची रहेको थियो ।

सो बैठक सञ्चालनको लागि प्रदेशसभाका प्रतिपक्ष दलहरूले बटम लाइन पनि बजेट रकमान्तर रहेको छ । बजेटलाई सन्तुलित बनाउन प्रदेश सरकार र विपक्षी दलहरू बिचको सहमति अनुसार बजेट रकमान्तर गर्नुपर्ने प्रतिपक्ष दलहरूको माग रहेको छ । उनीहरुले बजेट रकमान्तर नभएसम्म संसद् सञ्चालन हुन नसक्ने चेतावनी दिँदै आएका छन् ।

प्रतिपक्ष दलहरूले मङ्गलवार बिहान ८ बजेसम्म माग सम्बोधन भएको खण्डमा ११ बजेको प्रदेशसभाको बैठक सञ्चालन गर्न हुन सक्ने बताएका छन् । चालु आर्थिक वर्षको बजेट कार्यक्रममा सरकारले गरेको सहमति कार्यान्वयन गर्नुपर्ने र बैठक सञ्चालन नगरी हिउँदे अधिवेशन अन्त्यको कारणसहित स्पष्ट धारणा सरकारबाट आउनु पर्ने माग गरेको नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता सालिकराम जम्कट्टेलले बताए ।

उनका अनुसार सरकारको तर्फबाट बजेटलाई सुन्तलत बनाउन भएका सहमति अनुसारको काम मङ्गलवार बिहान ८ बजेटसम्म हुने प्रतिबद्धता आएको छ । सरकारको प्रस्तुति अनुसार प्रतिपक्षले आफ्नो भूमिका अघि बढाउने उनको भनाई छ ।

यता मुख्यमन्त्री बहादुर सिंह लामाका अनुसार संसद् सञ्चालनको लागि भएको प्रतिपक्ष दल बिचको बैठक सकारात्मक भएको छ । प्रतिपक्षले उठाएका मागका विषयमा सरकार गम्भीर रहेको उनले बताए । प्रतिपक्षका मागहरू सम्बोधन गर्न सरकार तयार रहेको र क्रमिक रूपमा पुरा गर्ने उनको भनाई छ ।

हिउँदे अधिवेशनका विषयहरू संसद्मा पुनः छलफल गरेर अघि बढ्ने विषयमा दलहरू सकारात्मक रहेको उनले बताए । बजेट कार्यक्रमका विषयमा भने सरकारले सम्पन्न हुने आयोजनाहरूलाई रकमान्तर गरे बजेट दिने चरणमा अघि बढेको उनले बताए । मङ्गलवार बिहानसम्म धेरै विषयहरू सम्बोधन गरेर अघि बढ्ने सरकारको तयारी रहेको उनको भनाई छ ।

उनका अनुसार चालु आर्थिक वर्षमा छुटेका योजनाहरू संसदीय दल मार्फत माग गरेर सरकारले सहमति अनुसार बजेट थप गर्ने काम अघि बढेको छ ।

कुल १ अर्ब २१ करोड रुपैयाँको छुट भए बापतको बजेट रकमान्तरको प्रस्ताव अन्तिम चरणमा रहेको उनले बताए । जसमध्ये बहु वर्षे र स्रोत सुनिश्चितबाट केही विषयहरू समेटिएको उनले बताए । करिब ७०र८० करोड बराबरमा योजनाहरूमा बजेट रकमान्तर बाँकी रहेको र सो विषयलाई पनि समेन्टेगरी सरकारले प्रक्रिया टुङ्ग्याएको उनले बताए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...