Day: June 18, 2025

वडा अध्यक्ष न्यौपानेमाथी आक्रमण गर्नेलाई कारबाहीको माग

वडा अध्यक्ष न्यौपानेमाथी आक्रमण गर्नेलाई कारबाहीको माग

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
४ असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको आकस्मिक कार्यपालिका बैठकले बुधबार दिउँसो हेटौँडा १ का वडा अध्यक्ष सविन न्यौपानेमाथी भएको आक्रमणको निन्दा गर्दै दोषीमाथी कारवाहीको माग गरेको छ । बैठकले यो गैरराजनीतिक, नियोजित आक्रमण भएको ठहर गर्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको हो । वडाध्यक्ष तथा नगर प्रवक्ता सविन न्यौपानेमाथि कार्यकक्षमै बुधवार दिउँसो सांघातिक आक्रमण भएको थियो । चाइना क्वाटरस्थित वडा कार्यालयमा अपरिचित ३–४ जनाको समूहले उनीमाथी कुटपिट गर्नुका साथै मोबिल छ्यापेका थिए । घटनाको बिषयमा बोल्दै मेयर मिना लामाले वडाध्यक्षमाथिको आक्रमण गम्भीर र आपत्तिजनक भएको बताएकी छन् । ‘समस्या समाधानका वैधानिक बाटो हुँदाहुँदै ज्यानै लिने शैलीको आक्रमण स्वीकार्य छैन ।’उनले दोषीमाथि कडा कारबाही हुनुपर्ने माग राखेकी छन् । कार्यपालिका बैठकपछि घटनाको बारेमा जानकारी दिँदै वड...
हेटौंडा-१ का वडा अध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै मोबिल प्रहार 

हेटौंडा-१ का वडा अध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै मोबिल प्रहार 

Breaking News 2, समाचार
४ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सविन न्यौपानेमाथि कार्यकक्षमै कालो मोबिल छ्यापिएको छ । बुधबार अपराह्न ४ बजेतिर  हेटौंडा-१ चाइना क्वाटरस्थित वडा कार्यालयमा बसेका अध्यक्ष न्यौपानेमाथि ३/४ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुले मोबिल छ्यापेर फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार ती व्यक्ति नम्बर नखुलेका दुईवटा मोटरसाइकलमा कार्यालयमा आएर अध्यक्षमाथि मोबिल छ्यापेर भागेका हुन् । प्रहरीका अनुसार अध्यक्ष न्यौपानेको टाउको, शरीर र कपडामा कालो मोबिल छ्यापिएको छ । घटनापछि फरार व्यक्तिहरुको खोजी तीव्र पारिएको प्रवक्ता अर्यालले जानकारी दिए । मोबिल प्रहारको कारण भूमिहीन सुकुम्बासी व्यवस्थापनसम्बन्धी विवाद हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घटनास्थलमा 'भूमिहीन सुकुम्बासी' शीर्षक लेखिए...