राजिनामा दिएका मन्त्रीहरुलाई मुख्यमन्त्री लामाले गरे पदमुक्त
९ साउन, हेटौँडा । बागमती प्रदेश सरकारमा आन्तरिक शक्ति संघर्ष चुलिँदै गएको छ । शुक्रबार कांग्रेसका तर्फबाट मन्त्री रहेका चार जनाले दिएको राजीनामा स्वीकृत नगरी मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ ले उनीहरूलाई पदमुक्त गरेका छन् ।
नेपालको संविधान २०७२ को धारा १६९ को उपधारा (२) को (ख) बमोजिम मुख्यमन्त्री लामाले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठलाई पदमुक्त गरेका हुन् ।
आफूलाई असहयोग गर्दै संसदीय दलको नेताविरुद्ध हस्ताक्षर गरेपछि मुख्यमन्त्री लामाले मन्त्रीहरुलाई पदबाट हटाएको उनको स्रोतको दावी छ । यसअघि शुक्रबार दिउँसो कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री लामालाई हटाउने पहलस्वरुप मन्त्रीहरुले राजीनामा दिएका थिए । कांग्रेस संसदीय दलका ३...















