Day: July 30, 2025

कांग्रेसको संस्थागत निर्णय मान्ने एमालेको घोषणा, गठबन्धनको स्थायित्वको पक्षमा उभिने अडान

कांग्रेसको संस्थागत निर्णय मान्ने एमालेको घोषणा, गठबन्धनको स्थायित्वको पक्षमा उभिने अडान

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१४ साउन, हेटौँडा । बागमती प्रदेशमा विकसित राजनीतिक उतारचढावका बीच नेकपा एमालेले कांग्रेसको संस्थागत निर्णयलाई मान्ने औपचारिक धारणा सार्वजनिक गरेको छ। कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँको विजयपछि बहालवाला मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राजीनामा नदिने अडान लिएका बेला एमालेले यस्तो प्रतिक्रिया दिएको हो । मुख्यमन्त्री लामाले आफू गठबन्धनबाट निर्वाचित भएको र दलको नेता नहुँदा मात्रै पद नछोडिने जिकिर गरेका छन् । उनले दुई वर्षसम्म सरकार परिवर्तन गर्न नपाइने संविधानिक व्यवस्था औंल्याउँदै पदमा टिकिरहने अडान लिएका छन् । तर, एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले भने कांग्रेसभित्रको आन्तरिक विवादमा पार्टीको प्रत्यक्ष संलग्नता नरहेको स्पष्ट गरेका छन् । “संसदीय दलको नेता परिवर्तन कांग्रेसको आन्तरिक विषय हो, त्यसमा हाम्रो कुनै चासो छैन,” थपलियाले भने, “हाम्रो चाहना...
कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित

कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, समाचार
१४ साउन, हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनमा बानियाँले बहालवाला मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई आठ मतको अन्तरले पराजित गरेका हुन्। प्रदेश सभा सचिवालय परिसरमा सम्पन्न निर्वाचनमा कुल ३७ सांसदमध्ये बानियाँले २२ मत प्राप्त गरे भने लामा १४ मतमा सीमित रहे। एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ। यसअघि मंगलबार लामा नेतृत्वविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा पनि २२ मतले प्रस्ताव पारित भएको थियो। त्यससँगै लामा संसदीय दलको नेताबाट पदच्युत भएका थिए। बानियाँ र लामाबीच यो दोस्रोपटकको प्रतिस्पर्धा हो। पहिलो पटक २०७९ पुस १३ मा भएको दलको निर्वाचनमा लामा २१ मतसहित विजयी हुँदा बानियाँ १६ मतमै सीमित भएका थिए। तर, यसपटक परिस्थिति पल्टिएको छ। अविश्वास प्रस्ताव दर्ता भएपछि लामाको नेतृत्वमा रहेका पाँच...
मन्त्रिपरिषद्व बिस्तारको तयारी गर्दै मुख्यमन्त्री लामा

मन्त्रिपरिषद्व बिस्तारको तयारी गर्दै मुख्यमन्त्री लामा

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१४ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेसका पाँच जना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयहरूमै मन्त्री नियुक्ति गर्ने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । पाँचजना मन्त्री पद रिक्त भए पनि कति जनालाई मन्त्री बनाउने भन्नेमा मुख्यमन्त्री लामा सल्लाहमै रहेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । मन्त्री बन्नेहरूको नामावलीमा तीन जनाको मात्रै सार्वजनिक भएको छ । गोविन्द लम्साल आन्तरिक मामिला तथा कानुन मन्त्री, माया श्रेष्ठ युवा तथा खेलकुद मन्त्री र गिता गुरुङ सहकारी तथा गरिबी निवारण मन्त्री हुने जनाइएको छ। नियुक्त गरिएका सबै मन्त्रीहरूको आजै शपथग्रहण गर्ने कार्यक्रम तय गरिएको मुख्यमन्त्री लामा निकट स्रोतले जनाएको छ। यसअघि कांग्रेसबाट राजीनामा दिएका मन्त्रीह...