कांग्रेस सभापति देउवाका नातेदार भूषण राणाको घरमा प्रहरी छापा
१२ असोज, हेटौंडा । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ।
सीआईबीबाट खटिएको टोलीले स्थानीय प्रहरीको सहयोगमा ललितपुर जावलाखेलस्थित राणाको निवास घेराबन्दी गरी खानतलासी कार्य थालेको पारिवारिक स्रोतले जनाएको छ। यस क्रममा प्रहरी टोलीले घरभित्रका सामग्रीहरूको तलासी र केही बरामद गरेको बताइएको छ।
भूषण राणा, निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ हुन्। उनीमाथि आरजु संलग्न कतिपय डिलमा प्रतिनिधिको रूपमा खटिने गरेको आरोप लाग्ने गरेको थियो। गोप्य सूचना प्राप्त भएपछि प्रहरीले छापा मारेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।...
















