अधिकार सम्पन्न यातायात प्राधिकरण गठनको माग
१६ जेठ, हेटौंडा । सार्वजनिक यातायात क्षेत्रलाई मर्यादित, उपभोक्तामुखी र प्रविधिमैत्री बनाउन ुसार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिुले अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्न माग गरेको छ। विभिन्न सात बुँदे मागसहित समिति प्रतिनिधिमण्डलले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई बुधबार ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा सर्वोच्च अदालतको २०८० चैत २० गतेको परमादेश तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ। उक्त परमादेशले संघसंस्था दर्ता ऐन, २०३४ अनुसारका यातायात समितिहरूको नवीकरण र सम्पत्ति फुकुवाको व्यवस्था गर्न निर्देशन दिएको थियो।
त्यस्तै, सवारी ऐन २०४९ संशोधनको क्रममा नेपाल सरकार, व्यवसायी महासंघहरू र मजदुर संगठनहरूबीच भएका विभिन्न सहमति र कार्यदल प्रतिवेदनहरू तत्काल लागू गर्नुपर्ने समिति माग छ। साथै, मालवाहक सवारी साधनको भारवहन क्षमतासम्बन्धी निर्देशिका २०७४ ...















