कैलाश गाउँपालिका पहिलोपटक पूर्ण खोप सुनिश्चित पालिका घोषणा
३१ जेठ, हेटौँडा । मकवानपुर जिल्लाको विकट कैलाश गाउँपालिका पहिलोपटक पूर्ण खोप सुनिश्चित तथा दिगोपना गाउँपालिका घोषणा भएको छ। शुक्रबार विशेष समारोहबिच बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले औपचारिक रूपमा पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेका हुन्।
यस घोषणासँगै कैलाश गाउँपालिका पूर्ण संस्थागत गर्भजाँच सुनिश्चित भएको पालिका पनि बन्न सफल भएको छ। राष्ट्रिय पूर्ण खोप निर्देशिकाअनुसार १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेपछि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए।
जिल्ला पूर्ण खोप समन्वय समितिको सचिवालयले पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेसँगै यो उपलब्धि सार्वजनिक गरिएको अध्यक्ष मोक्तानले बताए।
कार्यक्रममा खोप सुनिश्चित पालिका घोषणाका लागि सहयोग पुर्याउन...















