Day: July 4, 2025

माइक्रो दुर्घटना हुँदा पाँचजना घाइते, तीनको अवस्था गम्भिर

माइक्रो दुर्घटना हुँदा पाँचजना घाइते, तीनको अवस्था गम्भिर

Breaking News 1, ताजा अपडेट, भीमफेदी, समाचार
१९ असार, हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ रातमाटेस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा विद्युतीय माइक्रो बस दुर्घटना हुँदा पाँचजना यात्रु घाइते भएका छन्। शुक्रबार दिउँसो हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको म प्र ०३–००१ ज ०५५१ नम्बरको इभी गाडी घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिएर करिब १५ मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ। दुर्घटनामा १० जना सवारमध्ये पाँचजना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो। गम्भीर घाइतेलाई उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको र गाडीचालक पर्साको परमानीपुर गाउँपालिका– २ निवासी राजाराम साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार पर्साको जिराभवानी गाउँपालिका– ३ का ३५ वर्षीय चन्द्र सन्जु गौर, भारतको बिहारका ३९ वर्षीय रिसाहद ...
भरतपुरको प्रशासकीय भवन निर्माण गर्न तीन करोड निकासा गर्ने निर्णय

भरतपुरको प्रशासकीय भवन निर्माण गर्न तीन करोड निकासा गर्ने निर्णय

Breaking News 2, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२० असार, हेटौँडा । बागमती प्रदेश सरकारले भरतपुर महानगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि तीन करोड एक लाख रुपैयाँ निकासा दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लागत साझेदारीमा निर्माण भइरहेको उक्त भवनका लागि चालू आर्थिक वर्षभित्रै खर्च हुने गरी रकम निकासा दिने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार यसअघि प्रदेश सरकारले गत आर्थिक वर्षमा पनि सोही भवन निर्माणका लागि आठ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। चालू आर्थिक वर्षका लागि थप तीन करोड एक लाख रुपैयाँ निकासा दिइएको हो । यस्तै, मन्त्रिपरिषद्को शुक्रबारको बैठकले नुवाकोट जिल्लास्थित लिखु गाउँपालिकाको केन्द्र स्थानान्तरण गर्ने निर्णय पनि गरेको छ। मन्त्री लामिछानेका अनुसार साविकको स्थानमा प्रशासनिक भवन निर्माणको लागि आवश्यक जग्गा नपाएको भन्दै...