Day: July 29, 2025

कांग्रेस संसदीय दलको नेता चयनको लागि हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन

कांग्रेस संसदीय दलको नेता चयनको लागि हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन

बागमती प्रदेश, राजनीति, समाचार
१३ साउन, हेटौंडा । कांग्रेस बागती प्रदेश संसदीय दलको नेता चयनको लागि प्रक्रिया सुरु भएको छ । जसका लागि कांग्रेस बागमती प्रदेश कार्य सम्पादन समितिको मंगलबार बसेको बैठकले प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा हेटौंडामा बसेको कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोललाई रहेका सदस्यमा चयन गरेको छ । समितिको आजै बस्ने बैठकले निर्वाचन कार्यतालिका निर्धारण गर्नेछ । संसदीय दलको नेताको निर्वाचन भोलि बुधबार गर्ने बुझिएको छ । यसअघि प्रदेशका मुख्यमन्त्री समेत रहेका बहादुर सिंह लामा तामाङले संसदीय दलको नेताको हैसियत गुमाएपछि नयाँ नेता चयनको लागि प्रक्रिया सुरु भएको हो । मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता लामाविरुद्ध परेको अविश्वासको प्रस्तावको बिषयमा मंगलबार दिउँसो भएको मत व...
मुख्यमन्त्री लामा भन्छन्ः ‘दलको नेता गुमाएँ, सरकारको होइन’

मुख्यमन्त्री लामा भन्छन्ः ‘दलको नेता गुमाएँ, सरकारको होइन’

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, समाचार
१३ साउन, हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट विश्वास गुमाएका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आफू मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान दोहोऱ्याएका छन् । मंगलबार संसदीय दलको बैठकमा बहुमत गुमाएर पराजित भए पनि लामाले मुख्यमन्त्री पद त्याग्नुपर्ने कुनै संवैधानिक बाध्यता नभएको दाबी गर्दै पद नछोड्ने स्पष्ट पारेका छन् । ‘सरकारको नेतृत्व र संसदीय दलको नेतृत्व फरक–फरक कुरा हुन्,’ उनले भने, ‘मुख्यमन्त्री हुनका लागि दलको नेता हुनुपर्छ भन्ने संविधानमा कतै छैन। गठबन्धन सरकारमा दलको नेताको हैसियत मात्रले पनि मुख्यमन्त्री बन्ने बाध्यता हुँदैन।’ संसदीय दलमा भएको मत विभाजनमा लामा पक्षमा १५ मत मात्रै परेको थियो भने विपक्षमा २२ मत खसेको थियो। यससँगै उनले दलको नेताको हैसियत गुमाए। मत विभाजनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामाले पार्टीभित्रकै व्यक्तिहरूले आफूविरुद्ध ...
मुख्यमन्त्री लामा संसदीय दलको नेताबाट पराजित

मुख्यमन्त्री लामा संसदीय दलको नेताबाट पराजित

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा नेपाली कांग्रेस संसदीय दलको नेताबाट पराजित भएका छन् । मंगलबार प्रदेश संसदीय दलको बैठकमा भएको मत विभाजनमा लामा पराजित भएपछि अब उनीमाथि मुख्यमन्त्री पदबाट राजीनामाको दबाब बढेको छ। मत विभाजनमा लामाका पक्षमा १५ मात्र सांसद देखिए भने कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँको पक्षमा २२ सांसदको बहुमत जुट्यो। कुल ३७ कांग्रेस सांसदमध्ये बहुमतले लामाविरुद्ध अविश्वास जनाएपछि उनी दलको नेतृत्व गुमाउन पुगेका हुन् । मुख्यमन्त्री परिवर्तनको तयारीस्वरूप कांग्रेसकै मन्त्रीहरूले अघिल्लो साता राजीनामा दिएका थिए। ९ साउनमा चार मन्त्रीले राजीनामा दिएका थिए भने सोमबार ऊर्जा, खानेपानी तथा सिँचाईमन्त्री श्यामबहादुर खड्काले पनि आफ्नो पद त्यागेका थिए । मुख्यमन्त्री लामाले आफ्नो विपक्षमा हस्ताक्षर गर्ने चार मन्त्रीलाई पदमुक्त गर्दै रिक्त मन्त...