Day: August 5, 2025

प्रदेशमा सुशासन पहिलो प्राथमिकता:  मुख्यमन्त्री बानियाँ 

प्रदेशमा सुशासन पहिलो प्राथमिकता:  मुख्यमन्त्री बानियाँ 

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२० साउन, हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार सुशासन, पारदर्शिता र जनउत्तरदायीताका साथ अघि बढ्ने बताएका छन् । पद तथा गोपनियताको शपथपछि पदभार ग्रहण गर्दै उनले बागमती प्रदेशमा सुशासन पहिलो प्राथमिकता दाबी गरे । मन्त्रालयको संख्या बढ्छ ? भन्ने पत्रकारको जवाफमा मुख्यमन्त्री बानियाँले मन्त्रालयको संख्या नबढ्ने स्पष्ट पारे । उनले प्रदेश सरकारलाई सर्वपक्षीय सहभागितासहित समृद्ध बागमती निर्माणतर्फ अघि बढाउने प्रतिबद्धता जनाए । उनका अनुसार, अहिलेको संरचनालाई नै व्यवस्थित गर्दै नागरिकलाई छिटोछरितो सेवा र विकासको अनुभूति दिलाउनेतर्फ सरकार केन्द्रित हुनेछ । 'प्रदेशमा मन्त्रालयको संख्या बढ्दैन । संविधानले अधिकतम २२ मन्त्रालयको व्यवस्था गरे पनि त्यो उपयुक्त होइन, उनले भने, 'बरु संविधान संशोधनमार्फत संरचना घटाएर मर्यादित र प्रभावकारी प्रणालीतर्फ जानुपर...
बागमतीमा ८ जना मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

बागमतीमा ८ जना मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२० साउन, हेटौंडा । बागमती प्रदेशमा नवनियुक्त आठ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मंगलबार उनीहरूलाई शपथ ग्रहण गराए । नवनियुक्त मन्त्रीहरूमध्ये कांग्रेसका २ र एमालेका ६ जना छन्। एमालेतर्फबाट मधुसुदन पौडेल कृषि तथा पशुपंक्षी विकास, डा. दिनेश चन्द्र देवकोटा भौतिक पूर्वाधार विकास, जयराम थापा श्रम रोजगार तथा यातायात, भरतबहादुर केसी वन तथा वातावरण, किरण थापा स्वास्थ्य तथा बिन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा नियुक्त भएका छन् । कांग्रेसतर्फबाट कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री र शिवराज अधिकारी बिना विभागीय मन्त्री बनेका छन्। कांग्रेसको भागमा परेको ७ मन्त्रालयमध्ये दुईमा मात्र मन्त्री नियुक्त गरिएको छ भने बाँकी पाँच मन्त्रालय मुख्यमन्त्री बानियाँले...
नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिए सपथ, कांग्रेसबाट २ र एमालेबाट ६ जना मन्त्री बन्दै 

नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिए सपथ, कांग्रेसबाट २ र एमालेबाट ६ जना मन्त्री बन्दै 

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२० साउन, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त बानियाँलाई अपराह्न प्रदेश प्रमुख कार्यालय हेटौँडामा एक समारोहबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । नेपालको संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री बनेका बानियाँ प्रदेशका छैटौं मुख्यमन्त्री हुन् । उनी कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री बानियाँले आजै एमालेका तर्फबाट ६ जना र कांग्रेसबाट पहिलो चरणमा दुई जना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । एमालेबाट संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलको नेतृत्वमा किरण थापामगर, जयराम थापा, भरतबहादुर केसी, डा. दिनेशचन्द्र देवकोटा र विन्दु श्रेष्ठ मन्त्री बन्दैछ्न । यस्तै कांग्रेसबाट शिबराज अधिकारी र कृष्णकुमार तामा...
बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त 

बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त 

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२० साउन, हेटौंडा । कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । मंगलबार (आज) बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेस बाटै मुख्यमन्त्री बनेका बाहादुर सिंह लामा तामाङले पदबाट राजीनामा दिएपछि बानियाँ मुख्यमन्त्री बनेका हुन् । सोमबार कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित मुख्यमन्त्रीमा नेता बानियाँले दाबी गरेका थिए । सोही अनुसार नेता बानियाँलाई आज प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । बागमतीका तत्कालिन मुख्यमन्त्री बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्री पदका लागि एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षर सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका थिए । नवनियुक्त मुख्यमन्त्री ब...