Day: September 13, 2025

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, समाचार, हेटौँडा
२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यु र निषेधाज्ञा हटेपछि सवारीसाधन सञ्चालनमा आएका छन् भने बजार र पसलहरू आंशिक रूपमा खुलेका छन् । यद्यपि शनिबार सरकारी बैंक, वित्तीय संस्था र शैक्षिक संस्थाहरू भने बन्द नै रहेका छन्। गत २३ भदौबाट सुरु भएको जेनजी पुस्ताको आन्दोलन २४ गते हिंस्रक बनेपछि सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनीका घटना भएको थियो। त्यसलगत्तै जिल्ला प्रशासन कार्यालयले दिउँसो निषेधाज्ञा र राति कर्फ्यु लागू गरेको थियो। सुरक्षा व्यवस्था कायम राख्न जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त उपस्थिति रहेको हेटौँडामा प्रशासनले बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्र आवतजावतको अनुमति दिएको थियो। तर, शनिबार बिहानैदेखि बजार क्षेत्रमा चहलपहल ...
प्रतिनिधिसभा विघटन, चुनाव फागुन २१ मा

प्रतिनिधिसभा विघटन, चुनाव फागुन २१ मा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२७ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री नियुक्त भएको केही घण्टामै कार्कीले आफ्नो पहिलो निर्णयकै रूपमा प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन् । राष्ट्रपति पौडेलले उक्त सिफारिस तत्काल सदर गर्दै आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेका छन् । शुक्रबार राति शीतल निवासमा राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीको शपथ गराएका थिए । शपथपछि मन्त्रिपरिषद्को पहिलो बैठकमै संसद् विघटनको निर्णय गरिएको हो । युवा पुस्ता (जेन–जी)को आन्दोलन र दबाबकै आधारमा कार्की सोमबार प्रधानमन्त्री नियुक्त भएकी हुन्  । जेनजी अभियानका अगुवाहरूले सामाजिक सञ्जालमार्फत कार्कीको नाम अघि सारेका थिए । संसद् विघटनको यो कदम मुलुकको संवैधानिक र राजनीतिक इतिहासमा दुर्लभ मानिएको छ । प्रध...