Day: November 16, 2025

राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यक्रम तालिका

राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यक्रम तालिका

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
३० कात्तिक, हेटौँडा । निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आगामी पुस १९ गते बिहान १०ः०० बजेदेखि ११ः०० बजेसम्म नामावली प्रकाशन, नामावलीमाथि दाबी विरोध तथा उजुरीमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३ः०० बजेदेखि ४ः०० बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २३ गते बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म उम्मेदवारको मनोनयन, पुस २४ गते बिहान १०ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी, पुस २७ गते बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रियसभाका १८ सदस्यको निर्वाचन माघ ११ गते सम्बन्धित मतदान...
हेटौँडा–४ लाई ०८४ भित्रै कच्ची, खाल्टाखुल्टी र डुवान–मुक्त बनाउँछौँः अध्यक्ष सिग्देल

हेटौँडा–४ लाई ०८४ भित्रै कच्ची, खाल्टाखुल्टी र डुवान–मुक्त बनाउँछौँः अध्यक्ष सिग्देल

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
३० कात्तिक, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर –४ का वडा अध्यक्ष नवीन सिग्देलले २०८४ सालभित्र वडालाई कच्ची सडक, खाल्टाखुल्टी र डुवान समस्याबाट पूर्ण रूपमा मुक्त बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । लक्ष्मी टोल विकास संस्थाको ८औँ साधारण सभामा बोल्दै उनले वडा भित्रका सबै सडकको स्तरीकरण, सुधार र व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइने बताए । वडा–४ हेटौंडाको मुख्य बजार क्षेत्र र मुटुको वडा भएकाले व्यवस्थित शहर निर्माणका लागि पूर्वाधार विकास अपरिहार्य रहेको उल्लेख गर्दै अध्यक्ष सिग्देलले संघ, प्रदेश र उपमहानगरसँग समन्वय गरी सडक स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाइरहेको जानकारी दिए । ‘हामीले थालेको कामले नगरबासीले परिवर्तन महसुस गर्नुभएको छ। अब २०८४ भित्रै कच्ची सडक, खाल्टाखुल्टी र डुवान समस्या हटाएर वडा व्यवस्थित बनाउँछौं,‘ वडा अध्इक्ष सिग्देलले भने । उनले सडक पूर्वाधारसँगै शि...
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, भीमफेदी, मकवानपुरगढी, समाचार
३० कात्तिक, हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानास्थित बुङ्दल खोला पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराका अनुसार दुर्घटना राति भएको हो। बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई झण्डै ४०÷५० मिटर तल बुङ्दल खोलामा खसेको प्रहरीले जनाएको छ। घटनास्थलमै दुबै जनाको मृत्यु भएको र उनीहरूको पहिचान खुलाउने कार्य जारी रहेको प्रहरीको भनाइ छ। आइतबार बिहान स्थानीयले मोटरसाइकल खोलामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएसँगै प्रहरी टोली घटनास्थल पुगेको र दुर्घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरी उपरीक्षक बोहोराले जानकारी दिए।...