
क्याप्टेन वेद उप्रेतीको ‘पायलट प्रेम’
महेन्द्रनगर–क्याप्टेन वेद उप्रेतीले फेरी नयाँ पुस्तक ‘पायलट प्रेम’ बजारमा ल्याएका छन । बिहीबार क्याप्टेन उप्रेतीले महेन्द्रनगर म्यूजियममा एक कार्यक्रमका विच पाईलट जिवनमा आधारीत पुुस्तक ‘पायलट प्रेम’ बिनोचन गरेका हुन् । कोरोना महामारीका बेला ईण्डोनेसियामा हुदा पाईलटको जिवनमा आधारित उपन्यास ‘पायलट प्रेम’ रचना गरिएको क्याप्टेन उप्रेतीले बताउनुभयो । उपन्यासमा विद्यार्थी जीवनबाट पायलट पेषामा कसरी आकर्षक हुन्छन् ?, अनि पायलट बन्न केके गर्नुपर्छ ? नेपालको परिपेक्षमा कति पढ्नुपर्छ ? खास गरी पायलट जिवनमा आउने चुनौती र सम्भावना लगायतका विषयको खुल्दुली मेटाउन साहित्यिक भाषामा चित्रण गरीएको उहाँले उल्लेख गर्नुभयो ।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले पुस्तक बिमोचन गर्दै क्याप्टेन उप्रेतीमा भएको बिलक्षण प्रतिभाको उपज नयाँ पुस्तक ‘पायलट प्रेम’ बजारमा आएको बताउनुभयो...